Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
प्रहरी कर्मचारीहरूले आ-आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेमा संगठनको छवि उच्च हुन्छ : आईजी कुँवर
चितवन । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले आ आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेको खण्डमा संगठनको छवि उच्च हुने बताएका छन् । शुक्रबार नेपाल प्रहरी शिक्षालय भरतपुरले आयोजना गरेको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम२ १७८ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुँवरले सो कुरा बताएका हुन् । ‘संगठनको छवि उच्च कसरी राख्ने प्रहरीले गर्ने काममा निर्भर गर्दछ । जति राम्रो काम गर्यो त्यति संगठनको छवि राम्रो हुन्छ,’ समारोहमा आईजी कुँवरले भने । कुँवरले सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको समेत बताए । उनले थपे, ‘प्रहरी…
काठमाडौं । बिहीबारको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सुरक्षाकर्मीलाई रासनका लागि छुट्याइएको २ सय ३ रुपैयाँ साह्रै न्यून भएको बताए । आईजी अर्यालले उक्त रकमले दिनमा चार छाक टार्नुपर्ने बाध्यता रहेको भन्दै गर्दा समितिको बैठकमा उपस्थित सांसदहरुले समेत उक्त कुरालाई चासोको साथ लिएका थिए । जहाँ तालुक मन्त्रालयका मन्त्रीको समेत उपस्थिति थियो । हुन पनि हो २ सय ३ रुपैयाँ अत्यन्तै अपुग रकम हो । आईजी अर्यालले सुरक्षाकर्मीहरुलाई रासनरकम अत्यन्तै भएको र यसमा राज्यले ध्यान दिनुपर्ने भनेपछि अहिले सोही विषयमा अनेकन टिकाटिप्पणी भएको छ । यस विषयमा सरकारको आधिकारिक धारणा भने…
आदरणीय गुरुवर्ग नमस्कार 🙏🏾 सरकारले हालै ल्याएको नयाँ शिक्षा विधेयकका केही विषयप्रति असहमति र विरोध जनाउँदै देशभरका सरकारी विद्यालयमा अध्यापनरत शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा हुनुहुन्छ । उहाँहरुका माग र विधेयकप्रति विरोधका विषयहरु कति जायज छन् र कति जायज छैनन्, यो एउटा छलफल, बहसको बिषय हुनसक्छ र हुनुपर्छ । म व्यक्तिगत रुपमा उहाँहरुले विधेयककाप्रति जनाउनुभएको विरोध र उहाँहरुका मागप्रति केही बुँदाहरुमा सहमत छु । तर, अहिले यो सन्दर्भमा उहाँहरुका कुन(कुन मागमा सहमत छु र कुन(कुन मागमा सहमत छैन भन्ने विषयतर्फ प्रवेश गर्न चाहिँन । आन्दोलनकै बिचमा सरकार र उहाँहरुका बिच वार्ता पनि चलिरहेको छ, आशा गरौँ यसले एउटा सुखद निष्कर्ष दिनेछ…
काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा गए रातिदेखि दुई पक्षबीच भएको झडपको स्थिति अझैं नियन्त्रणमा आउन सकेको छैन । झडपको क्रममा एक जनाको मृत्यु समेत भएको छ । आपसी झगडाले उग्र रुप लिँदा कपिलवस्तु रुद्रपुरका सुलभ केसीको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुने केसी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले दुई पक्ष झडपमा उत्रँदा बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको जानकारी दिए । ‘सुधार गृहभित्र भएको के…
काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा गए राति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा ११ जना घाइते भएका छन् । झडपको क्रममा कपिलवस्तु रुद्रपुरका सुलभ केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए । एसपी राठौरका अनुसार केसी अपहरण, शरिरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए । झडपमा १० जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुई पक्ष झडपमा उत्रँदा बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो । अहिले पनि उक्त ठाउँको अवस्था तनावपूर्ण…
काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती एयरको एटीआर-७२ विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । दुर्घटनाको अनुसन्धान गर्न गठित जाँच आयोगले निकालेको निष्कर्षमा विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको उल्लेख छ । दुर्घटनाको अनुसन्धान गर्न पूर्वसचिव नागेश्वप्रसाद घिमिरेको संयोजकत्वमा गठित आयोगले (बिहीबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।
काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौंको सिनामंगलमा रहेको ‘विस एचआर सोलुसन’ प्रा.लि.को इजाजतपत्र (लाइसेन्स नं १४२५/०७४/०७५) खारेज गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम उक्त प्रालिको लाइसेन्स खारेज गरिएको र सोही दफाबमोजिम मुद्दासमेत दायर गरिएको जनाएको छ । उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फणिन्द्र कोइरालासमेतको मिलेमतोमा सरिता भुजेललगायत ४३ जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोप छ । उनीहरुले तीन करोड ८२ लाख २८ हजार चार सय ९८ रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकमसमेत फिर्ता नगरेको पाइएपछि लाइसेन्स खारेज गरिएको विभागका निर्देशक एवं सूचना…
काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन् । गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि पहिलो पटक संस्थाको लेटर प्याड र अध्यक्ष डा. भुसालको हस्ताक्षर किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान पुगेको खुलासा…
काठमाडौं । ३० भदौ बिहान सल्यानको त्रिवेणी गाउँपालिका–२ थापा टोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी रितु थापाको शव आफ्नै घरको कोठामा जलेको अवस्थामा फेला परेको थियो । जतिबेला ग्यास लिक भएर आगलागी हुँदा जलेर आमा छोरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको थियो । तर, सल्यान प्रहरी त्यतिमै सीमित रहेन । आधा शव जलेको अवस्थामा शव भेटेपछि अनुसन्धानको दायरा फराकिलो बनायो । अनुसन्धान गर्दै जाने ग्यास लिक भएर आगलागी हुँदा जलेर आमाछोरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएपनि हत्या नै भएको सल्यान प्रहरी निष्कर्षमा पुग्छ । त्यसपछि हत्यामा संलग्न आरोपीलाई पक्राउ गर्न सफल हुन्छ सल्यान प्रहरी । घटनाको…
काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालले सुरक्षाकर्मीलाई रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक अर्यालले रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका हुन् । जानकारी गराउने क्रममा अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम साह्रै न्यून भएको बताए । अर्यालले भनेअनुसार एकजना प्रहरीको लागि रासन २ सय ३ रुपैयाँ रहेछ । मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २ सय ३ रुपैयाँ अपुग हुने अर्यालको भनाइ थियो । जुन कुरालाई सांसदहरूले पनि चासोका साथ लिएका थिए । ‘रासनसम्बन्धि समस्या छ । हुन त देशको…