काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा गए राति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
झडपमा ११ जना घाइते भएका छन् । झडपको क्रममा कपिलवस्तु रुद्रपुरका सुलभ केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए ।
एसपी राठौरका अनुसार केसी अपहरण, शरिरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए । झडपमा १० जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुई पक्ष झडपमा उत्रँदा बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो ।
अहिले पनि उक्त ठाउँको अवस्था तनावपूर्ण नै रहेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा आएको छै ।
Facebook Comments Box
