Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत लेखापालको पदावधी नीतिलाई परिवर्तन गरिएको छ । ८ वर्षे पदावधि नीतिलाई परिवर्तन गर्दै ६ वर्षे बनाइएको हो । नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय निति समन्वय समिति (पिसिसि)ले पदावधी नीतिलाई परिवर्तन गर्दै ६ वर्षे बनाएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डिआईजी) कुवेर कडायतका अनुसार नीतिगत निर्णय गर्ने निकाय पिसिसिले सो निर्णय गरेको हो । पिसिसिको निर्णय पश्चात प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले निर्णय कार्यान्वयनका लागि सर्कुलर गर्न निर्देशन दिएका छन् । यसअघिका आईजी धिरजप्रताप सिंहले ६ वर्षलाई बढाएर ८ वर्षे पदावधि बनाएका थिए । सिंहको उक्त निर्णयले केही प्रहरीलाई फाइदा…

थप

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकलमल दाहाल प्रचण्डले आफ्नी धर्मपत्नी सीता दाहालले मृत्यु निकै शान्त रोजेको बताएका छन् । सीताको गत बुधबार ६९ वर्षको उमेरमा निधन भएको थियो । सीताको निधनको सातौँ दिनमा मंगलबार आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले पत्नी सीताले मृत्यु निकै शान्त रोजेको बताएका हुन् । सीताको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए । छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म पीडा सामना गरेकी सीताको उपचारमा राज्यकोषबाट कुनै सुविधा नलिएको भन्दै प्रचण्डले उनको उपचारमा कुनै कमी हुन नदिएको र हुन सक्ने…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले संगठनमा विशेष योगदान तथा उत्कृष्ट काम गरेको भन्दै ९ जनालाई विशेष बढुवा गरेर पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले संगठनको नीति नियममा रहेर राम्रो काम गरेका प्रहरीहरुलाई विशेष बढुवा दिएर पुरस्कृत गरेका छन् । प्रहरी नियमावली २०७१ को नियम ३९ मा उल्लेख भएको विशेष बढुवाको प्रावधानअनुसार यो वर्ष ९ जनाको विशेष बढुवा गरिएको हो । वरिष्ठ सईमा विशेष बढुवा हुनेमा तिलराम बोहरा सार्की छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान दरबन्दी भएका बोहराले उत्कृष्ट काम गरेको भन्दै सईबाट वरिष्ठ सईमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यसैगरी दुई असईलाई सईमा विशेष…

थप

काठमाडौं । सरकारले नियुक्ती पत्रमा कार्यकाल समेत नतोकिएका बीमा प्राधिकरण (तत्कालिन बीमा समिति)का अध्यक्ष सुर्य सिलवाललाई हटाउने तयारी थालेको छ । नियामक निकायमा बसेर नियमन बाहेकका काम मात्रै गरेको, नागरिकता र जन्म मितिबारे विवादमा फसेको, निश्चित घरानाहरुलाई पोस्ने गरि पोलिसी बनाएको, सरकारी लगानीका कम्पनीहरुको व्यवसाय खोसेको लगायतका आरोपसहित सरकारले सिलवाललाई हटाउने तयारी थालेको स्रोतले बताएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सिलवालको विकल्पमा नयाँ पात्रहरुको खोजी समेत सुरु गरिसकेको स्रोत बताउँछ । अर्थमन्त्रालय निकट उच्च स्रोतका अनुसार सिलवालको नियुक्ती नै अबैधानिक रहेको भन्ने कोणबाट मन्त्रालयले अध्ययन गरिरहेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले २०७७ माघ २० गते सिलवाललाई…

थप

काठमाडौं । मोतिखोलामा पक्की पुल नहुँदा गोरखाको भिमसेन थापा गाउँपालिका, ३ र आरुघाट गाउँपालिका, ८ का बासिन्दाहरुलाई आवातजावत गर्न समस्या गएको छ । दुई गाउँपालिकाको सिमा समाप्त र सिमा सुरु हुने ठाउँ नै यहि मोतिखोला हो । जहाँ एउटा पक्की पुल समेत नहुँदा आवातजावतलाई नै समस्या भएको छ । यस खोलामा पुल नहुँदा बिशेषगरी आरुपोखरी, ८ आलेगाँउ र कौसिनी गाउँको बासिन्दालाई दैनिक उपभोग्य समान खरिदका लागि साथै विद्यार्थीहरुको पढाइमा समेत ठूलो असर परेको छ । वर्षायामको समयमा जोखिम मोलेर खोला गर्नुपर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो छ । आले गाउँ र कौसिनी गाउँ जहाँबाट पढ्नको लागि भिमसेनथापा गाउँपालिका, ३ मा रहेको…

थप

काठमाडौं । नेपाल भलिबल संघले नेपाल पुरुष राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । संघले आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो । गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना मगरले भाग नलिएपछि संघले हरि हजुरलाई कप्तान बनाएको थियो । सातौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल दौरान गण्डकीविरुद्धको खेलमा थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह…

थप

संखुवासभा । २ असारको अविरल बर्षापछि आएको बाढीमा वेपत्ता भएका १९ जनालाई मृतकसरह राहत उपलब्ध गराउने तयारी गरिएको छ । केही दिनअघि बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा परेर बेपत्ता भएका १९ जनालाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो । बेपत्ता खोजी कार्यका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो । बाढीमा पुरिएको वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र प्रहरीको तालिमप्राप्त कुकुर लगाएर खोजी गर्दा फेला पार्ने नसकेपछि समितिको बैठकले मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । गत असार २ गतेदेखि हालसम्म निरन्तर रूपमा खोज तलास…

थप

एजेन्सी । पछिल्ला केही दिनदेखि बलिउड अभिनेता अभिषेक बच्चन राजनीतिमा प्रवेश गरेको खबर छ्यापछ्याप्ती छ । तर, बच्चनले राजनीतिमा प्रवेश गर्ने खबरबारे प्रतिक्रिया दिएका छन् । राजनीति गर्न लागेको खबरलाई गलत बताउँदै अभिनेता अभिषेकले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । अभिषेकले आफूलाई राजनीतिमा कुनै पनि रुचि नभएको र जीवनभर एक अभिनेताको रूपमा आफ्नो पहिचान कायम राख्न चाहेको जानकारी दिए । अभिषेक बच्चनकी आमा जया बच्चन सन् २००४ देखि राज्य सभाको सांसद रहँदै आएकी छिन् । सन् २०१८ मा लगातार चौथो पटक उनलाई समाजवादी पार्टीको तर्फबाट राज्य सभा सांसदको रूपमा छानिएको छ । यस्तै, अभिषेक बच्चनका पिता अमिताभ बच्चन अहिलेसम्म…

थप

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबबाट मुक्त राखिने बताएका छन्      ।   गृह मन्त्रालयमा ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँग आज भएको छलफलमा उनले संविधान, कानुन र जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र माहतहका सङ्गठनलाई अगाडि बढाइने बताए । त्यसका लागि गृह मन्त्रालय र माहतहतका सङ्गठनको समग्र सुधारको योजना बनिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । नेपाल प्रहरी र अनुसन्धान एकाइलाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी ढङ्गबाट घटनाहरूको अनुसन्धान गर्न निर्देशन दिईएको र कुनै पनि दबाब वा प्रभावबाट मुक्त रहेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने समेत उनले बताए । ‘अनियमिततामा संलग्न राजनीतिक,…

थप

काठमाडौ । ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक र बाउन्सरलाई कुटपिट गर्ने गुण्डाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले नुवाकोटका गुण्डा सानु भाइ भन्ने युवराज गुरुङ सहित पाँच जनाको समूहलाई नै पक्राउ गरेको हो । शुक्रवार सानोभाइ भनिने युवराज गुरुङसहित पाँच जनालाई पोखराबाट पिछा गर्दै पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्ने अन्यमा टोखाका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या- ५ का कमल तामाङ छन् । गत असार १५ गते गुरुङको समूहले सञ्चालकलाई लखेटी लखेटी कुटेको भिडिओ सार्वजनिक भएको थियो ।

थप