काठमाडौं । वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्। क्रोएसिया पठाउने भन्दै २ लाख ठगेको आरोपमा एक महिला पक्राउ परेकी हुन्।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लुभु बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएकी ४६ वर्षीया भवानी बोहरा रहेकी छन्। उनलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो।
बोहराले २ जनालाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा परेर रकम लिएकी थिइन्।
पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर लुभुबाट पक्राउ गरेको हो।
रकम लिएपछि उनी वेपत्ता भएकी थिइन्। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
