काठमाडौ । मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा इटहरी प्रहरीले गत शनिबार २१ वर्षीया निशा कार्कीसहित इटहरी–९ बस्ने कृष्णहरी घिमिरेलाई पक्राउ गरेको छ ।
उनीहरूले इटहरीबाहिरबाट युवतीहरू झिकाएर यौन धन्दामा संलग्न गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उमेर हेरेर ५ हजारदेखि १० हजार रुपैयाँसम्मको मोलमोलाइ हुने गरेको प्रहरीको भनाइ छ ।
इटहरी प्रहरी प्रमुख डीएसपी टेकबहादुर कार्कीका अनुसार इटहरी–६ कि निशा कार्कीले फोनमार्फत दुईजना युवती झिकाएर केटासँग पठाउन खोजेपछि शंका लागेर उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
दुवै जनालाई एक रातको १० हजार रुपैयाँका दरले निश्चित गरिसकेको बताएपछि उनीहरूले प्रहरीमा खबर गरेका हुन । दुवै किशोरीलाई काम लगाइदिन्छु भन्दै बाहिरबाट बोलाएको र यौन धन्दामा लगाउन खोजिएको अनुसन्धानबाट देखिएको प्रहरी भनाइ छ ।
पक्राउ परेका कार्की र घिमिरेलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी कार्कीले बताए ।
