काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवंम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको विषयमा दुई न्यायाधीशबीच राय बाझिँदा उनी थप थुनामै रहने भएका छन् ।
शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा खाणलाई छाड्ने विषयमा न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको हो ।
पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छाड्ने न्यायधीश पाण्डेको आदेशमा अर्का न्यायाधीश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ । अर्को सुनुवाई नभएपछि खाँण थुनामै बस्नुपर्ने हुन्छ ।
खाँणलाई धरौटीमा छाड्ने कि थुनामै पठाउने भनेर न्यायधीशद्धय पाण्डे र खरेलबीच कुरा नमिल्दा उनको भाग्य अब तेस्रो इजलासका न्यायाधीशको हातमा छ । जतिबेला उनको पूर्ण फैसला आउनेछ ।
उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले पाण्डे र खरेलमध्ये कसको राय ठिक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्ने अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

