Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । लमजुङ प्रहरीले बिहीबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ । बेसीसरहबाट खटिएको प्रहरी अप्रेसन टोलीले जुवाडेसहित नगद बरामद गरेको छ । मस्र्याङ्दी गाउँपालिका, ९ तल्लो पामचोकस्थित एक घरबाट २२ जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट करिब साढे ४ लाख रुपैयाँ र कौडा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ । विशेष सुराकको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । घटनाबारे थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आपराधिक लाभ लिन नहुने कसुरमा चार जनालाई पक्राउ गरेको हो । झापा घर भई बानेश्वर बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक घर भई बानेश्वर बस्ने दिपक पराजुली, भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय बिमल सुवेदी र सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सेना पक्राउ परेका छन् । प्रहरीका अनुसार अनिता मगरले फेसबुकमा पुरूषहरूलाई साथी बनाएर कुराकानी गर्थे । उनले प्रेम सम्बन्धसम्म बस्ने कुराकानी गर्ने गरेको अनुसन्धानमा खुलेको छ । कुराकानी गर्नेसँगै विभिन्न स्थान एवं होटलमा बोलाउने गरेका थिए । त्यसरी…
काठमाडौं । निकै शारीरिक परिश्रम गर्नुपर्ने तल्लो दर्जाका प्रहरीका जवान-हवल्दारका परिवारलाई स्वास्थ्य, शिक्षा, तालिम, आवास, बीमा र रोजगारका क्षेत्रमा सरकारले थप प्रोत्साहनका सेवा सुविधा उपलब्ध गराउन आवश्यक छ । अन्य देशमा तल्लो दर्जाका प्रहरीले पाउने सेवासुविधाबारे नेपाल सरकार पनि राम्रैसँग जानकार छ । सोहीअनुसार नेपाल प्रहरीका तल्लो दर्जाका कर्मचारीहरुको मनोबल बढाउन सकेमात्र प्रहरीको कामकारबाहीले झनै राम्रो गति लिनेछ । तल्लो दर्जाका प्रहरीहरुले गर्ने कतिपय कामकारबाहीले सिंगो देशको नाम राखेको छ । त्यसैले सरकार समेत उनीहरुको सेवासुविधा र सेवाअवधीबारे गम्भीर हुनुपर्ने देखिन्छ । पर्याप्त सेवासुविधा दिन नसके उनीहरुको सेवाअवधीबारे सरकारले निर्णय गर्नुपर्ने सुरक्षा विज्ञहरु बताउँछन् । पछिल्लो समय प्रहरीमा जवान-हवल्दारलाई १६…
काठमाडौ । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’का कलाकार हरिश निरौला ‘कक्रोज’ राइड सेयर एप ‘सवारी’ को ब्रान्ड एम्बेसडर बनेका छन् । नेपाली युवाहरु मिलेर बनाएको सवारीले सोमबार काठमाडौमा एक कार्यक्रम आयोजना गरी कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो । नेपाली युवाहरू मिलेर बनाएको एपले देशका विभिन्न सहरमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिनेछ । यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलै अनलाइन सेवा लिन सकिनेछ । कार्यक्रममा बोल्दै कक्रोजले बजारमा आएका विभिन्न राइडिङ सेयर एप भएता पनि ति विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गरे । सवारी नितान्त नेपाली युवाहरुले निर्माण…
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नियमावली, २०७१ जारी हुनुअघि प्रहरी नियमावली, २०४९ मा प्रहरी जवान र प्रहरी हवल्दार दर्जामा १६ वर्ष सेवावधि पूरा गरे पश्चात पेन्सन पाउने व्यवस्था थियो । जब प्रहरी नियमावली, २०७१ जारी भयो, उक्त नियमावलीको नियम १३१ मा पेन्सन सम्वन्धी नयाँ व्यवस्था गरियो । उक्त व्यवस्थाअनुसार २६ चैत २०६० पछि नियुक्त हुने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई २० वर्ष अवधिसम्म प्रहरी सेवामा काम नगरी पेन्सन सुविधा नपाउने अवस्था सिर्जना भयो । उक्त कानूनी व्यवस्था लागू भएपछि तल्लो दर्जाको प्रहरी कर्मचारीमा ठुलो नैराश्यता देखिन पुग्यो । जसको कारण हजारौं प्रहरी कर्मचारीहरुले राजीनामा दिन बाध्य भए । अहिले पनि राजीनामा दिनेहरुको…
प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समय अनुसार परिवर्तन गर्नुपर्छ : आईजी कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले प्रविधिको विकाससँगै अपराधलगायतका विभिन्न गतिविधिहरूमा परिवर्तन आएकोले प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समय अनुसार परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । कार्यक्रममा आईजी कुँवर र नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी टेक प्रसाद राई, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । त्यस्तै केन्द्रीय…
काठमाडौ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले पठाएको ‘सेवा अवधि हटाउने प्रस्ताव’मा अर्थ मन्त्रालयले सहमति दिएको हो । ३ दिनअघि अर्थ मन्त्रालयले सहमतिमा राय दिएर गृह मन्त्रालयमा पठाएको छ । अर्थले कानुन बनेको १ वर्षपछि लागु गर्ने गरी ३० वर्षे सेवा अवधि हटाउन ‘राय’ दिएको हो । रायमा भनिएको छ–‘उमेर हद, सेवा अवधि तथा ३० वर्षे सेवा अवधि हटाउने लगायतका प्रस्तावित विषय निजामती सेवा ऐन–२०४९ को दफा २५ को प्रावधान समेतका आधारमा एक वर्षपछिको मितिदेखि लागु हुने गरी व्यवस्था गर्नुपर्ने ।’ अर्थ मन्त्रालयले दिएको राय अनुसार गृह मन्त्रालयको कानुन…
काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिका, ८ थुम्काकी १२ वर्षीया रचना विक जलेर सख्त घाइते भएको डेढ महिना भयो । गत २९ जेठको बिहान खाना खाने क्रममा अगेनोबाट एक्कासि रचनाको कुर्तामा आगो सल्कियो । बिहानै बुबा दुर्गाबहादुर काममा निस्किएका थिए । आमा राधिका पनि जंगल गएकी थिइन् । कुर्तामा आगो दन्किएपछि रचनाले चिच्याउँदै गुहार मागिन् । त्यो समय पानीको अभावले घरमा खानेपानीसमेत नभएको अवस्थामा उनले जिउमा पोख्न पानीसमेत पाइनन् । छिमेकीले दिदीभाइको झगडा भएको सोचेछन् । तर, रचना आगोले जलेर विक्षिप्त थिइन् । केहीबेरमा रचनाको शरीरमा लागेको आगो फुपू र हजुरआमाले निभाए । रचनालाई लगत्तै गुल्मी अस्पताल पु¥याइयो । तर, अवस्था…
सरकार र पार्टी राम्ररी चलाएको भए ०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट आउँथ्यो : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए २०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाई भन्दा बढी सिट जित्ने बताए । आइतबार नेकपा (एकीकृत समाजवादी) मनाङ–काठमाडौं सम्पर्क मञ्चको ५औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताएका हुन् । उनले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए ०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने दाबी गरे । उनले नेपालमा कम्युनिस्ट पार्टीहरु सबैतिर फैलिएको पनि बताए । ‘आज नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी सबैतिर फैलिएको पाइन्छ । २०७४ सालको चुनावमा…
काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट बरामद करिब सय किलो सुन तस्करी प्रकरणमा नेपालले अनुसन्धानमा सहयोग गर्न हङकङलाई आग्रह गरेको छ । भन्सार विभागले हङकङको भन्सारलाई पत्र लेख्दै सुन पठाउने व्यक्तिहरुबारे जानकारी माग गरेको हो । ‘हामीले हङकङको भन्सार विभागसँग सुन बरामदको घटनापछि ती व्यक्तिहरुले निर्यात गरेका छन् कि छैनन् भनेर जानकारी मागेका छौँ,’ विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भने । गत २ साउनमा मोटरसाइलको ब्रेक सुमा राखेर ल्याइएको सय किलो सुन बरामद भएपछि तस्करीको खुलासा भएको थियो । तस्करीमा भन्सार विभागका कर्मचारी पनि संलग्न रहेको पाइएको छ । नेपालमा वाणिज्य बैंकहरुले बाहेक अरुले सुन भित्र्याउन पाउँदैनन् । यो व्यवस्थाको पालना किन…