काठमाडौं । नेपाल प्रहरीले गैर हाजिर रहेका २१ प्रहरीलाई सात दिने समयसीमा दिएर सम्पर्कमा आउन निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार सूचना जारी गरी एक प्रहरी वरिष्ठ हवल्दार, पाँच सहायक हवल्दार, १३ जवान र दुई कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेको जानकारी दिएको हो ।
खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन कार्यालयले निर्देशन दिएको छ ।
तोकिएको समयभित्र सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार उनीहरूलाई सेवाबाट हटाउने चेतावनी पनि सूचनामा दिइएको छ ।

Facebook Comments Box
