दाङ । धरौटीमा छुटेका बलात्कार मुद्दाका आरोपी दाङका युवा वैज्ञानिक मार्सल रोकालाई थुनेर कारबाही गर्न उच्च अदालतको आदेश दिएपछि उनी अदालतसामू आफै आत्मसमपर्ण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले मार्सल अदालतमा सिधै आत्मसम्पर्ण गरेको बताए । उच्च अदालतले मार्सललाई पक्राउ गर्न आदेश दिएपछि प्रहरीले धरौटीमा छुटेका उनीविरुद्ध खोजी कार्य तिव्र पारेको थियो ।
प्रहरीले खोजी गरिरहेकै बेला उनले अदालतमा आफैँ उपस्थित भएर आत्मसमपर्ण गरेको र प्रहरीले अदालतबाट उनलाई कारागार बुझाएको एसपी केसिले बताए । बलात्कार मुद्दामा पीडित महिलाले जिल्लाको आदेशमा चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् ।
जिल्ला अदालत घोराहीले मार्सलविरुद्धको बलात्कार मुद्दामा दाङ जिल्ला अदालतमा जाहेरी दर्तापछि थुनछेक आदेश गर्ने क्रममा अदालतले धरौटीमा छोड्न आदेश गरेको थियो । जिल्ला अदालतको आदेश उल्टयाउँदै उच्च अदालत तुलसीपुरले थुनेर कारबाही गर्न आदेश गरेको हो ।
उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बाग्चन्द र उच्चकै न्यायाधीश अच्युतम कुमार आचार्यको इजलाशले उक्त आदेश गर्दै मार्सललाई थुनेर कारबाही गर्न यसअघि आदेश दिएको थियो ।
