Author: Scoop Khabar

काठमाडौं । पर्यटनसँग सम्बन्धित विभिन्न संघ-संस्थाले पर्यटक आकर्षित गर्न सरकारीस्तरबाट कुनै कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले सन् २०२३ बाट भ्रमण दशक सुरु गरेको छ । तर, यो कसरी सञ्चालन गर्ने, बजेट कसरी गर्ने र के कार्यक्रम गर्ने भन्ने टुंगो पर्यटन मन्त्रालयले अझै लगाउन सकेको छैन । बुधबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको सभापतित्वमा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको संयुक्त बैठकले कार्यक्रम अगाडि नबढेको प्रति चिन्ता व्यक्त गरेको हो । बैठकमा कोभिडबाट धरासायी भएको पर्यटन उद्योगको संवर्द्धन र प्रवर्द्धनमा सरोकारवालाहरुबाट चालिनुपर्ने कदमका साथै संघीय पर्यटन ऐन संशोधन र अद्यावधिकीकरणमा व्यवसाय तथा लगानीमैत्री नीति समावेश हुनु पर्नेमा व्यवसायीले…

थप

काठमाडौं । नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरको ३० साउनको निर्णयबाट इन्स्पेक्टरहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लामो रस्साकस्सीको बीच इन्स्पेक्टरहरुको सरुवा भएको हो । यसअघिकै आईजी धिरज प्रताप सिंहको कार्यकालमा इन्स्पेक्टरहरूको सरुवा निकाल्न खोजेपनि भएको थिएन । यसअघिको सरुवा मापदण्डलाई नै संशोधन गरेर इन्स्पेक्टर सरुवा निकालिएको हो । सिंहले सरुवाको मापदण्ड विपरित धमाधम करिब १८० बढीलाई इन्चार्ज दिएपछि इन्स्पेक्टरसरुवा निकाल्न सकस भएको थियो । को कहाँ पुगे ?  nepalpolice.gov.np/media/filer_public/3d/6c/3d6cf895-ce8a-4ada-b67e-215505efe0be/insp-transfor-2080-04-30.pdf

थप

एजेन्सी । अगस्त १५ अर्थात् भारतको स्वतन्त्रता दिवस । आज मंगलवार भारतले ७७ औं स्वतन्त्रता दिवस मनाउँदैछ । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ । स्वतन्त्रता दिवसको दिन सुरक्षा व्यवस्था समेत कडा पारिएको बताइएको छ । स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट हुने सम्बोधन यसपालि मोदीको १०औं हो । पछिल्ला १० वटा स्वतन्त्रता दिवसमा उनी नै प्रधानमन्त्री छन् । सन् २०२४ मा हुने लोकसभा चुनावको पूर्व सन्ध्यामा हुने प्रधानमन्त्री मोदीको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

थप

काठमाडौं । ताप्लेजुङको मौवाखोला गाउँपालिका–५ फाकुम्वाका एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ३३ वर्षीय डिल्लीकुमार लिम्बूले आमा धनमाया लिम्बूको धारिलो हतियार (बाम्फोक) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । अभियुक्त डिल्लीकुमारलाई बाम्फोकसहित प्रहरीले नियन्त्रणमा लिएको ताप्लेजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवं सूचना अधिकारी कुशराम कार्कीले बताए । सोमबार बिहान साढे १० बजे हत्या भए पनि स्थानीयले मध्याह्न १२ बजे सााघु प्रहरी चौकीमा खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त घटनाको आवश्यक अनुसन्धान गरिएरहेको प्रहरीले…

थप

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय ‘मेट्रो’ प्रमुख परिवर्तनको तयारी गरेको छ । मेट्रोको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले सम्हाल्दै आएका छन् । काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) हेर्ने प्रहरी कार्यालय मेट्रो प्रमुख एआईजी ज्ञवालीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा हटाउन लागिएको हो । पछिल्लो समय उपत्यका प्रहरी कार्यालयले विभिन्न प्रकरणमा कांग्रेस नेताहरुलाई धमाधम पक्राउ गर्न थालेपछि रुष्ट बनेका देउवाले गृहमन्त्रीलाई भेट्न बोलाएरै ज्ञवालीलाई हटाउन दबाब दिएका हुन् । त्यतिमात्र होइन एआईजी ज्ञवालीको कमाण्ड कमजोर र निष्पक्ष नरहेको समेत आरोप लागेको छ । सभापति देउवाले नै कमजोर कमाण्ड क्षमताका प्रहरीले निष्पक्ष काम गर्न नसक्ने…

थप

काठमाडौं । कोसी ब्यारेजका सबै ढोका एकैपटक खोलिएको छ । बाढीले खतराको तह पार गरेपछि ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएको हो । पानी प्रतिसकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक भन्दा बढी पुगेसँगै ब्यारेजको ढोका खोलिएको बताइएको छ । अविरल वर्षाको कारण आइतबार राति पानीको सतह बढेको थियो । कोसी ब्यारेजका सबै ढोका खोल्नुपरेको यो तेस्रोपटक हो भने पानीको बहाव ३४ वर्षपछि यति धेरै भएको हो । सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ । जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ । कोसी ब्यारेजमा…

थप

काठमाडौं । मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढीले कागबेनी प्रहरीचौकीसहित १५ घर बगाएको छ । बाढी कागबेनी बस्तीमा छिरेपछि १५ वटा घर, होटल, प्रहरी चौकी, पक्की पुल, झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको प्रहरीले जनाएको छ । आइतबार राति आएको बाढीले उक्त भौतिक संरचनामा क्षति पुर्याएको हो । मानविय क्षति भने नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनुप केसीले जानकारी दिए । सिडिओ केसीले भने, ‘बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई समयमै सुरक्षित स्थानमा सारियो । त्यसकारण मानवीय क्षति हुन पाएन ।’ प्रजिअ केसीका अनुसार कागबेनी…

थप

म प्रहरीबाट अवकाश भएको १५ बर्ष भयो र यसअघि २३ बर्ष प्रहरीमा बिताएँ । करिब ३८ बर्षको मेरो अनुभवमा नेपाल प्रहरी यती बलियो, सम्मानित र जन विश्वास जित्न सफल भएको कहिल्यै देखिन । राजाका समयमा प्रहरीमाथि विश्वास थिएन । त्यो संस्थाले सधैं सेनालाई नै च्याप्थ्यो र दरबारको सैनिक सचिवालय हेर्ने सेना र दरबारसँग नजिक हुनसक्नेहरु मात्र माथि जान सक्थे । लेखक : बसन्त कुँवर प्रहरी प्रमुखहरु सामान खरिद गर्न समेत पहिला दरबार र सैनिक अधिकृतहरुबाट अनुमति लिन्थे । तिनले भनेको ठेकेदारहरुलाई खरिदको काम दिइन्थ्यो । अलिकति त्यहाँ सेवा गर्न सकिएन कि डिबी लामालेझै जेल जानुपर्दथ्यो । पजनीमा पर्नुपथ्र्यो । २०४८…

थप

रौतहट । राजमार्गमा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । ड्युटीमा रहेका प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको भिडियो समाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरेको हो । निलम्बन पर्नेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवारलाई निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘संगठनविरुद्ध गलत आचरण गर्ने जो कोहीलाई कारबाही हुन्छ,’ मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी जनक…

थप

काठमाडौं । नारायणकाजी श्रेष्ठ १७ चैत २०७९ मा उपप्रधान एवं गृहमन्त्री बने । गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिन श्रेष्ठले सुराकी खर्च कटौती गर्ने निर्णय गरे । सुराकी खर्चबापत मन्त्रीले ५० हजार र गृहसचिवले २५ हजार पाउँथे । चाहेको भए गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठले दैनिक ५० हजार रुपैयाँ गृहमन्त्रीको कुर्सीमा बसेर ‘मनोमानी’ खर्च गर्न सक्थे । तर, कटौती गर्नेे निर्णयपछि ‘सुराकी खर्च’ का नाममा राज्यकोषबाट हुने करोडौँ रुपैयाँ जोगियो । त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा समेत गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीलाई हस्तक्षेप नगरी अनुसन्धानको लागि बाटो खुल्ला गरिदिए । जसकारण प्रहरीले निष्पक्ष अनुसन्धान गर्दा इतिहासमै उच्च तहका…

थप