काठमाडौ । प्रहरी नायब उपरीक्षक (डिएसपी) सुधीर राईको जिल्ला प्रहरी परिसर ललितपुरमा सरूवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले राईलाई ललितपुर पठाएको हो । उनलाई जिल्लाको ‘अपरेसन कमान्डर’को जिम्मेवारी दिइएको छ ।
गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप भएको थियो । दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
दुई युवाको मृत्यु भएपछि ललितपुरमा रहेका अपरेसन कमान्डर डिएसपी उमेश लम्साल निलम्बित भएका थिए । गोली चलाउन निर्देशन दिएको भन्दै उनलाई निलम्बन गरिएको थियो ।
लम्सालको ठाउँमा राईलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Facebook Comments Box
