काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी परिसर, ललितपुर प्रमुखको जिम्मेवारीमा सरुवा भएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले ललितपुर प्रहरीको कमाण्ड सम्हालेका छन् ।
आज (आइतबार ) जाउलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी खनालले कमाण्ड सम्हालेका हुन् । उनलाई सलामीसहित बिशेष स्वागत गरिएको थियो ।
Facebook Comments Box
