काठमाडौ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई पठाएको छ ।
गत शुक्रबार कमजोर क्षमताका कारण बालकुमारी घटना हुन पुगेको भन्दै त्यसकै भोलिपल्ट ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहलाई कारबाही गरिएको थियो ।
शाहको ठाउँमा खनालको सरुवा भएको हो ।
त्यस्तै गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।
बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा तानिएको थियो ।
Facebook Comments Box
