Author: Scoop Khabar

धादिङ । नजिकिँदै गएको दसैं, तिहार र छठ पर्वलाई समेत लक्षित गरेर धादिङ प्रहरीले बिशेष सुरक्षा अभियान चलाउने भएको छ । उक्त समयमा जिल्लाभित्र कार्यरत ९० प्रतिशत प्रहरी कर्मचारीले ड्युटी गर्ने बताइएको छ । धादिङवासीको शान्तिसुरक्षा चुस्त र प्रभावकारी बनाउन शंकास्पद गतिविधिको सम्बन्धमा सूचना पाएको १०/१५मिनेटभित्र प्रहरी सेवा पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । सूचना आएको केही समयमै प्रहरीसेवा उपलब्ध हुने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र बताउँछन् । त्यस्तो सेवा लिनका लागि धादिङवासीले तत्काल प्रहरी कन्ट्रोल–१०० मा फोन गर्नुपर्ने एसपी मिश्रले बताए । ‘पहाडी भेगहरु पनि थुप्रै रहेका छन् । जसकारण बाटोको…

थप

काठमाडौं । प्रहरी वृत्त लैनचौर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलको आयोजनामा जनचेतनामूलक अग्नि सुरक्षा प्रदर्शनी तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । काठमाडौं महानगरपालिका-१६, लैनचौरमा निमित्त प्रहरी महानिरीक्षक तथा उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको उपस्थितिमा कार्यक्रम भएको हो । विजया दशमी, दीपावली, नेपाल संवत तथा छठ पर्वको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्री, नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसीका प्रमुख एसएसपी डम्बर विकको उपस्थिति थियो । त्यस्तै राष्ट्रिय अनुसन्धान विभाग काठमाडौं…

थप

काठमाडौं । नेपाली कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीका लागि पेस भएका दुवै प्रस्तावमा हस्ताक्षर गरेका छन् । एमालेका प्रदेशसभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीले पनि गठबन्धनबाट प्रस्ताव गरिएका माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोको समर्थनमा हस्ताक्षर गरेका छन् । संविधानका धारा १६८ को उपधारा ५ बमोजिम सत्ता गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनले नेपाली कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एकसहित ४७ सांसदको समर्थनमा दाबी पेस गरेका हुन् । कार्कीले पनि ४७ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनलाई एमालेका ३९ र कांग्रेसका उनीबाहेक ७ प्रदेशसभा…

थप

काठमाडौं । संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद माफी पाएका नेपालगञ्ज, बाँकेका रिगल भनिने योगराज ढकालको माफीविरुद्ध दायर रिटमाथिको सुनुवाइ कात्तिक १४ गते मात्र हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा आज (बिहीबारं सुनुवाइ सुरु भए पनि यी न्यायाधीशले यस्तै प्रकृतिको मुद्दा यसअघि सुनुवाइ गरिसकेकाले हेर्न नमिल्ने भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ सारिएको हो । सर्वोच्चले मुलुकीसंहिता आउनुभन्दा अघिका घटनामा कैदीहरुले ४० प्रतिशत कैद भुक्तान गरेपछि ६० प्रतिशतसम्म कैद छुट पाउने भनी व्याख्या गरेको थियो । कारागार प्रशासनले सोही नजिरका आधारमा रिगललाई रिहा गरिएको दाबी गरेको छ । सुनुवाइका क्रममा रिट निवेदकका…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले शारिरीक रूपमा अं‌गभंग भएर अशक्त भएका दुई कर्मचारीको विशेष बढुवा सिफारिस गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक अरूण ढुंगानालाई प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित (शर्मा) लाई प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो । जिम्मेवारी बहन गर्नेक्रममा शारीरिक रूपमा अंगभंग गरेका कर्मचारीहरूको वृत्ति विकासलाई मध्यनगर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको छ ।सोअन्तर्गत ढुंगाना र पण्डितलाई बढुवा सिफारिस गरिएको बताइएको छ । ढुंगाना र शर्मा द्वन्द्वकालमा विद्युतीय धरापमा परी गम्भीर घाइते भई अंगभंग भएका अधिकृत हुन् । बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरू सशस्त्र प्ररी बल नेपाल प्रधान कार्यालय…

थप

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) र ड्राइभरको विवरण माग गरेको छ । समितिले गृहमन्त्रालयसँग विवरण माग गरेको हो । पिएसओ र ड्राइभरलाई घरयासी काममा लगाउने लगायतका प्रवृतिका विषयमा सार्वजनिक रुपमा समेत प्रश्नहरु उठिरहेको भनी वास्तविकता बुझ्न समितिले विवरण माग गरेको हो । समिति सभापति रामहरि खतिवडाका अनुसार विवरण प्राप्त भएपछि त्यसको प्रयोगरदुरुपयोगका सम्बन्धमा समितिमा छलफल हुनेछ ।

थप

काठमाडौं । इजरायलबाट व्यवसायीक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले व्यवसायिक उडानमार्फत आउन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने निर्णय गरेको हो । सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीको उद्धार गर्दैछ । सोही आधारमा कोही व्यवसायिक उडानमार्फत आउन खोजेमा त्यसमा लागि लाग्ने हवाई टिकट सरकारले बेहोर्ने भएको एक मन्त्रीले बताए । इजरायल र गाजाबीचको युद्धका कारण १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते भएका थिए । एकजना सम्पर्कविहिन छन् । वेपत्ताको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ । त्यस्तै चार जना घाइतेमध्ये २ जना उपचारपछि…

थप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अतालिएको दावी गरेका छन् । बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताएका हुन् । यसअघिको एमाले सरकारले मुलुकको बिकास र जनताका लागि असाधारण काम गरेको उनले बताए । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार हुँदा हुलाकी राजमार्गको काम गरेको र हजारौं पुल निर्माण गरेको दावी गरे । तराईमा सिचाइको पहुँच पुराउन सुनकोशी मरिन डाइभर्सन ल्याएर बारा, रौटहट, धनुषा लगाएतका १ लाख ८५ हजार बिगाहा जमिनमा सिचाइको व्यवस्था गरेको र एमाले सरकारमा गएपछि तराईको सिचाइको समस्या…

थप

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ३ सदस्यीय टोली मंगलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ ।   अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने ‘International Association of Chief of Police Conference ’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन उक्त टोली त्यसतर्फ प्रस्थान गरेको हो । उक्त टोलीमा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईका साथै प्रहरी नायव महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहेका छन् । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले…

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशमा सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग सहयोग मागेका छन् । मंगलबार दुई नेताबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले अध्यक्ष लिङ्देनसँग कोशी प्रदेश सरकार गठनको लागि सहयोग मागेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि कुरा गर्दै लिङ्देनले भने, ‘म आफ्नै काम लिएर गएको थिएँ । तर, त्यहाँ पुगेपछि कोशी प्रदेशको सरकारको विषयमा कुरा उठ्ने नै भयो । प्रधानमन्त्रीज्यूले अब के गर्ने भनेर सोध्नुभयो । सहयोग गर्नुपर्‍यो भनेर भन्नुभयो ।’ प्रधानमन्त्रीले सरकार गठनमा सहयोग गर्न अनौपचारिक प्रस्ताव राखेपछि यसबारे ठोस सहमति भने बनिसकेको लिङ्देनले स्पष्ट पारे…

थप