काठमाडौं । प्रहरीले आफ्नै होटलमा काम गर्न राखेको युवतीलाई बलात्कार गरेको आरोपमा गोरखाको बाह्रकिलोबाट १ जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ का होटल संचालक ४१ बर्षका ईश्वर बस्नेत भएको गोरखा प्रहरीले पुष्टी गरेको छ ।
बस्नेतले फागुन १५ गते बिहान ११ः३० बजेको समयमा आफ्नै होटलमा काम गर्ने युवतीलाई जबरजस्ती करणी गरेको भन्दै पिडित आफैले प्रहरीमा उजुरी दिएकी थिइन ।
पीडित युवतीले फागुन १८ गते उजुरी दिएपछी सोही दिन पक्राउ परेका बस्नेतलाई आइतबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्वा दर्ता गरी जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
