Author: Scoop Khabar

काठमाडौं । आफू बस्ने सरकारी निवासमा आगजनी गरेको आरोपमा दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् । गत फागुन २४ गते राति आफ्नो सरकारी निवासमा अज्ञात समूहले आगजनी गरेको र आफू झ्यालबाट हामफालेर बाँचेको भन्दै प्रमुख प्रशासकीय अधिकृत प्रहरीकोमा पुगेको थियो । तर अनुसन्धानका क्रममा अधिकारी आफैँले सरकारी निवासमा आगजनी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरी निवासमा आउँदा झ्यालको सिसा फुटेको र निवासभित्र आगलागी भइरहेको थियो । तर, प्रहरी अनुसन्धानमा घटनामा कुनै वाह्य व्यक्ति संलग्न भएको नभेटिएको बताइएको छ । सरकारी सम्पत्तिमा क्षति पुर्याएको भन्दै गाउँपालिकाले नै अधिकारीविरुद्ध जाहेरी दिएको छ । जाहेरीपछि उनलाई…

थप

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एक युवकले आत्महत्या गरेका छन् । गत बुधबारदेखि सम्पर्कविहीन अछामको रामारोशन गाउँपालिका–४, बाटुलासेनका १८ वर्षीय मनोज खनालले झुण्डिएर आत्महत्या गरेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या गरेको देखिएपनि थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीले उनको गोजीबाट ‘सुसाइड नोट’ पनि फेला पारेको छ। मनोजले सुसाइड नोटमा गृहमन्त्री रवि लामिछाने, बुबा–आमा र भाइलाई सम्बोधन गरेका छन् । उनले २०८४ सालमा रवि प्रधानन्त्री भएको हेर्ने इच्छा भएर तर नपाएको उल्लेख गरेका छन् । गृहमन्त्री लामिछानेलाई आफ्नो परिवारलाई सान्त्वना दिन भन्दै आग्रह गर्दै उनले आफ्नो भाइको एमबीबीएस पढ्ने कित रवि लामिछाने जस्तै नेता बन्ने इच्छा रहेको र…

थप

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बस्ने ४१ वर्षीय तेजबहादुर राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । रेग्मीकाअनुसार निज व्यक्ति २०५९ सालमा सञ्जय शाहीको हत्या गरी फरार रहेका थिए । शहीको २१ वर्षअघि काठमाडौं महानगरपालिका–१९ मरुढोका इनाटोलमा रहेको एक पशु बधशालामा मापसे गरी झगडा पर्दा राईले हत्या गरेको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । प्रहरीले १६ वर्षपछि हत्याका योजनाकार महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ती महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस–३ हाल गङ्गा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) रहेको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार विसं २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका–२२ शङखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरिएको हो । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक…

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा नेपाली कांगेसका संसदीय दलका नेता कृष्ण सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक अघि नयाँ वानेश्वरस्थित संसद भवनमा उनीहरुबीच छलफल भएको हो । नेताहरुका अनुसार संसद सञ्चालन, प्रिबजेट छलफल र संसदमा विचाराधीन विधेयकहरुका सम्बन्धमा उनीहरुबीच छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा शून्य, विषय र आकस्म्कि समयमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानको दायरमा रहेको भनी प्रश्न उठाउँदै आएको छ । यस सम्बन्धमा पनि प्रधानमन्त्रीले जवाफ दिएका छन् ।

थप

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठग प्रकरणमा विवादमा तानिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ झुटो भएको जिकिर गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा मंगलबार सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसदमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेका विषयमा झुटो बोलेको बताएका हुन् । आफूमाथि प्रश्नचिह्न खडा भएपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने कोइरालाको भनाइ छ । उनले सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समितिको मागमा कांग्रेस अडिग रहेको समेत बताए ।

थप

काठमाडौं । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मंगलबार मन्त्रालयले हालसम्म इजाजत लिएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । हतियार तथा खरखजाना ऐन, २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । पत्रमा भनिएको छ, ‘हालसम्म हातहतियार तथा खरखजानाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भएरनभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भएरनभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएको कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाइ पत्र प्राप्त भएको मितिले…

थप

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेपछि प्रमुख प्रतिपक्ष कांग्रेसमाथि नै प्रश्न उठाएका छन् । अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर नपठाउने कांग्रेसले कुन आधारमा प्रश्न उठाएको भनेर गृहमन्त्री लामिछानेले प्रश्न उठाएका हुन् । गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको बताए । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्न माग गरेका थिए । गृहमन्त्री लामिछानेले भने, ‘एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दुधले…

थप

काठमाडौं । सशस्त्र प्रहरीको गोताखोरको टोलीले तिन दिनदेखि हराइरहेका ५० वर्षीय बीरबहादुर विकको शव ब्रम्हायणि नदीमा फेला पारेको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका २ कल्लेरी बस्ने बिकको चैत्र ४ गते अपरान्ह सिन्धुपाल्चोकस्थित ब्रम्हायणि नदी किनारामा मोवाइल, घडी र स्टकोट फेला परेको थियो । घटनाबारे जानकारी पाएपछि नम्बर १६ गण सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजीकार्य गरिरहेको थियो । सो टोलीले सँगै उनको खोजीको लागि नं. २० विपद् उद्धार गण सिनामंगलबाट ७ जना गोताखोरसहित १६ जनाको फौज परिचालन भएको थियो । गोताखोरले मंगलबार दिउँसो उनको शव सोही नदीको करीव २० फिट गहिराइबाट निकालेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

थप

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले फोन गरेका छन् । महरा सोमबार बिहान सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । प्रहरी नियन्त्रणमै रहे पनि हाल नर्भिक अस्पतालमा रहेका महरालाई प्रचण्डले मंगलबार माओवादी केन्द्रको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठककै बिचमा फोन गरेका हुन् । सो क्रममा प्रचण्डले प्रश्न उठिसकेकाले अब के गरौँ भनेर महरालाई सोधेका थिए । ‘प्रधानमन्त्रीज्यूले महरालाई फोन गरेर आफै राजीनामा दिनुहुन्छ कि निलम्बन गरौँ भनेर सोध्नुभयो’, बैठकका सहभागी एक पदाधिकारीले भने, ‘यस विषयमा एक घण्टामा महराले जानकारी दिने बताउनु भएको छ ।’ बैठकले महराको जवाफ आएपछि थप कारबाही प्रक्रिया…

थप