काठमाडौं । सशस्त्र प्रहरीको गोताखोरको टोलीले तिन दिनदेखि हराइरहेका ५० वर्षीय बीरबहादुर विकको शव ब्रम्हायणि नदीमा फेला पारेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका २ कल्लेरी बस्ने बिकको चैत्र ४ गते अपरान्ह सिन्धुपाल्चोकस्थित ब्रम्हायणि नदी किनारामा मोवाइल, घडी र स्टकोट फेला परेको थियो ।
घटनाबारे जानकारी पाएपछि नम्बर १६ गण सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजीकार्य गरिरहेको थियो ।
सो टोलीले सँगै उनको खोजीको लागि नं. २० विपद् उद्धार गण सिनामंगलबाट ७ जना गोताखोरसहित १६ जनाको फौज परिचालन भएको थियो ।
गोताखोरले मंगलबार दिउँसो उनको शव सोही नदीको करीव २० फिट गहिराइबाट निकालेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Facebook Comments Box
