काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बस्ने ४१ वर्षीय तेजबहादुर राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
रेग्मीकाअनुसार निज व्यक्ति २०५९ सालमा सञ्जय शाहीको हत्या गरी फरार रहेका थिए । शहीको २१ वर्षअघि काठमाडौं महानगरपालिका–१९ मरुढोका इनाटोलमा रहेको एक पशु बधशालामा मापसे गरी झगडा पर्दा राईले हत्या गरेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
