काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठग प्रकरणमा विवादमा तानिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ झुटो भएको जिकिर गरेका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा मंगलबार सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसदमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेका विषयमा झुटो बोलेको बताएका हुन् ।
आफूमाथि प्रश्नचिह्न खडा भएपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने कोइरालाको भनाइ छ । उनले सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समितिको मागमा कांग्रेस अडिग रहेको समेत बताए ।
Facebook Comments Box
