Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । झापामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बाह्रदशी गाउँपालिका १ मा आज बिहान बिहान ६ः३० बजेको समयमा ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् । राजवंशी चार दिनअघि मात्र वैदेशिक रोजगारीबाट विदामा घर आएको बुझिएको छ । उनी रोजगारीका लागि ओमान गएका थिए । मृतक ममसरी भने दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसा गर्दै आएकी थिइन् । प्रहरीले घटनापछि खुकुरीसहित राजवंशीलाई पक्राउ पक्राउ गरेको छ । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे प्रहरीले थप अनुसन्धान…
जवान विक धनगढी उपमहानगरपालिका- ७ स्थित जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । बझाङमा सादा पोसाकमा रहेर काम गर्दै आएका जवान विक घरायसी कामको लागि विदा लिएर धनगढी आएको कैलाली प्रहरीले जनाएको छ । चैत १३ गते बझाङबाट ४ दिनका लागि बिदा मागेर आएका उनलाई १४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा बोलाइएको थियो । उनीविरुद्ध प्रदेश प्रहरी कार्यालयमा उजुरी परेको छ । त्यसैले छलफलका लागि भनेर उनलाई कार्यालयमा बोलाइएको हो । तर, प्रदेशले उनको बुधबार नै बझाङका लागि रमाना (पठाएको) गरेको भनेर जिल्ला प्रहरी कार्यालय बझाङलाई म्यासेजसमेत गरेको थियो । तर रमाना भएका जवान विक रमान हुनुपर्ने दिन नै मृत…
काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित ८ जना पक्राउ परेका छन् । गएराति २ बजेतिर काठमाडौंको अनामनगरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । गएराति काठमाडौँको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा तीनजना कलाकार हुन् भने अन्य पाँचजना भने अन्य क्षेत्रका हुन् ।
काठमाडौ । प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ । बुधबार राती बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो । बढुवा हुनेहरूमा २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए । ठूलो समूह हुँदा प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको थियो । हेर्नुहोस को-को बढुवा भए ?
उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी राष्ट्र हितमा काम गर्न सक्रिय रहनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले राष्ट्र र संगठनको हितको लागि इमानदार र निष्ठावान रहँदै उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयबाट Virtual माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले विगतको तुलनामा राजस्व संकलन लक्ष्यभन्दा माथि रहेको उल्लेख गर्दै अबका दिनमा समेत फरार प्रतिवादी पक्राउ गर्न, राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व संकलन वृद्धिका लागि प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन आवश्यक रहेको बताए । संगठनको कार्यसम्पादन…
काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्यामा संलग्न आरोपी राजु गुरुङले आत्मसमर्पण गरेका छन् । तेह्रथुम घर भएर ढोलाहिटी बस्दै आएका गुरुङले जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसमर्पण गरेका हुन् । उनलाई ललितपुर प्रहरीले खोजी गरिरहेको थियो । आरोपी गुरुङले आत्मसमर्पण गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा चक्कु प्रहारबाट ११ फागुनमा दुई जनाको मृत्यु भएको थियो । ढोलाहिटीस्थित डि–पोपिना नामको रेस्टुरेन्टमा चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पूजन राईको मृत्यु भएको हो । हत्यामा संलग्न आरोपमा यसअघि रेस्टुरेन्ट सञ्चालक खोटाङ घर…
सहायक हवल्दारद्वारा सलमानमाथि छुरा प्रहार,श्रीमतीमाथि अनैतिक सम्बन्ध राख्ने गरेको आशंका
मोरङ । प्रहरीका सहायक हवल्दारले एक जना भारतीय युवकमाथि छुरा प्रहार गरेका छन् । मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा प्रहरीका सहायक हवल्दार दुसेन्त राजवंशीले भारतको अररिया जोगवनीका ३१ वर्षीय मोहमद सलमानमाथि छुरा प्रहार गरेका हुन् । सलमानमाथि मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा मंगलबार राति छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाँटी, गर्धन र दायाँ हातका ४ वटा औंलामा चोट लागेका उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल भर्ना गरिएको छ । उनको अवस्था मध्यम रहेको मोरङ प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने सहायक हवल्दार राजवंशीलाई छुरासहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ…
भक्तपुर । विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ । नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । बैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने महतले बताए । “कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहनेछ,” मेला आयोजक समितिका संयोजक…
काठमाडौं । नेपाल प्रहरीको विशेष सक्रियताका कारण चालू आर्थिक वर्षको हालसम्म चार अर्ब तीन करोड ४४ लाख ९६ हजार ५२९.४८ पैसा बराबरको राजस्व संकलन भएको छ । यो विगतको तुलनामा धेरै हो । प्रत्येक जिल्लाहरुमा नेपाल प्रहरीले इमान्दार भएर काम गर्दा राजस्व संकलनमा वृद्धि भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एव्ं प्रहरी नायब महानिरीक्षक (डिआईजी) भीम प्रसाद ढकालले जानकारी दिए । राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सफल भएको बताउँदै डिआईजी ढकालले भने, ‘उक्त राजस्व विभिन्न शीर्षकबाट उठेको हो ।’ उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन,…
काठमाडौ । मकवानपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–१० का २६ वर्षिय मिलन गमाल रहेका छन् । तल्लो बिसिङ्ग खेलमा घरायसी बिवादमा आफ्नै आमा ५० वर्षिय ज्ञानीमाया गमालको हत्या गरेको आरोपमा छोरा मिलनलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत फागुन ३० गते बिसिङ्गखेलमा बस्ने ज्ञानीमायाको घरको ढोका बन्द रहेको कारण स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोलीले स्थानियको रोहोवरमा ढोका खोली हेर्दा उनी मृत फेला परेकी थिइन् । गत फागुन २९ गते काठमाडौंबाट भारतमा रोजगारीको लागि जान्छु भनि हिडि…