काठमाडौ । मकवानपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–१० का २६ वर्षिय मिलन गमाल रहेका छन् ।
तल्लो बिसिङ्ग खेलमा घरायसी बिवादमा आफ्नै आमा ५० वर्षिय ज्ञानीमाया गमालको हत्या गरेको आरोपमा छोरा मिलनलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत फागुन ३० गते बिसिङ्गखेलमा बस्ने ज्ञानीमायाको घरको ढोका बन्द रहेको कारण स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोलीले स्थानियको रोहोवरमा ढोका खोली हेर्दा उनी मृत फेला परेकी थिइन् ।
गत फागुन २९ गते काठमाडौंबाट भारतमा रोजगारीको लागि जान्छु भनि हिडि सो तर्फ नगई मदिरा सेवन गरी बेलुकी गाँउघरमा छरछिमेकीहरु सुती सके पश्चात घरमा आई आमाको घाँटी थिची मारी भोलिपल्ट बिहान आमाको मोबाईलसमेत लिई झ्यालबाट बाहिर निस्की चित्लाङको बाटो हुँदै काठमाडौं गई लुकि बसेकोमा गत्बआइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मृतक र घटनाको थप अनुशन्धान गर्दै जाँदा प्रविधिक खोज तथा स्थानिय समेतको अनुसन्धानबाट मृतकको छोरा मिलनले हत्या गरेको अनुसधानबाट खुलेको मकवानपुर प्रहरीले जनाएको छ ।
उनीमाथि ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको छ ।
