काठमाडौं । झापामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बाह्रदशी गाउँपालिका १ मा आज बिहान बिहान ६ः३० बजेको समयमा ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् ।
राजवंशी चार दिनअघि मात्र वैदेशिक रोजगारीबाट विदामा घर आएको बुझिएको छ । उनी रोजगारीका लागि ओमान गएका थिए । मृतक ममसरी भने दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसा गर्दै आएकी थिइन् ।
प्रहरीले घटनापछि खुकुरीसहित राजवंशीलाई पक्राउ पक्राउ गरेको छ । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।
Facebook Comments Box
