Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन् । यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । यसैगरी परिसरको हालका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ । यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर रहेको थिए । राठौरको राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरिएको छ । यस्तै कोशी प्रदेश तालिम निर्देशनालयका एसएसपी राजन अधिकारीलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयको जिम्मेवारी…
काठमाडौं । बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै उजुरी परेपछि काठमाडौं महानगरपालिकाले बल्खुस्थित सराफी सहकारीमा छापा मारेको छ । महानगरपालिकाको सहकारी बिभागले दिएको जानकारी अनुसार गत सोमबार सहकारीमा गएर आवश्यक कागजात नियन्त्रणमा हो । सहकारीमा रकम जम्मा गर्ने वचतकर्ताहरूले रकम निकाल्न जांदा फिर्ता नपाए पछि उनीहरूले महानगरपालिकामा आफुले जम्मा गरेको रकम व्याज सहित फिर्ता पाउ भन्दै निवेदन दिएपछि महानगरपालिकाले सहकारीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । पीडितहरूका अनुसार सहकारीका अध्यक्ष प्रभात कुमार श्रेष्ठले झण्डै डेढ करोड भन्दा बढी रकम हिनामिना गरेका छन् । सहकारी जम्मा भएको रकम अध्यक्ष समेतले आफ्नो नीजि काम र व्यवसायमा लगाउने गरेको , बचतकर्ताहरूको रकम फिर्ता…
काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख परिवर्तनको तयारी गरेको छ । यी दुई वटा प्रहरी युनिटलाई ध्यानमा राख्दै गृहले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको तयारी गरेको हो । परिसर र अपराध कार्यालय दुवैको प्रमुख एसएसपी हुन्छन् । हाल काठमाडौं प्रहरी प्रमुखमा भुपेन्द्र खत्री र अपराध कार्यालय प्रमुखमा सोमेन्द्र सिंह राठौर रहेका छन् । उनीहरु प्रहरी संगठनमा अब्बल प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनीहरुले ४ भदौ २०८० मा कार्यालयको जिम्मेवारी सम्हालेका थिए । ८ महिनामै उनीहरुको सरुवा हुन लागेको छ । प्रहरीमा कम्तीमा इन्चार्ज एक वर्षसम्म बस्ने पाउने व्यवस्था छ । तर, उनीहरुको…
काठमाडौं । नेपाली सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी १४७ जनशक्ति माग गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राविधिक, हवाई, विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा शुक्रबार आवेदन आह्वान गरेको हो । प्राविधिक अमलदार जनरल मेकानिकलमा २५, प्राविधिक अमलदार भेहिकल मेकानिक्समा २४, प्राविधिक अमलदार रेडियो मेकानिक्स र प्राविधिक अमलदार मेडिकलमा १३/१३ जना जनशक्ति माग गरिएको छ । सेनाले विभिन्न २६ पदमा जनशक्ति माग गर्दा पण्डितका लागि पनि आवेदन खुलाएको छ । कुल ९ पण्डित हुद्दा माग गरिएकोमा सामवेशीतर्फ दलित कोटामा पनि एक जना पण्डित मागिएको छ । नेपाली सेनाले यसअघि पनि दलित कोटामा पण्डित माग…
काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्य सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशति गरेको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको हो । मन्त्रालयले बिहीबार विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकार रहेको कार्यालयमा यथाशीघ्र (२४ घण्टाभित्र) फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन भनेको छ । यस्तै गृहले विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्नरगराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक…
काठमाडौं । कालिकोटका राजबहादुर मल्ल हत्या प्रकरणका मुख्य आरोपी ‘टाइगर’ भनिने पदमबहादुर रावत भारतबाट पक्राउ परेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह मुछिएको उक्त हत्या घटनाका मुख्य आरोपीलाई प्रहरीले १६ वर्षपछि भारतबाट पक्राउ गरेको हो । २०६५ फागुन २६ गते बेलुका हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका कालिकोटको महावै पदमबहादुर रावतलाई प्रहरीले भारतको हिमाञ्चल प्रदेशबाट पक्राउ गरेर ल्याएको हो । रावतलाई बुधबार सुर्खेत ल्याइ पुर्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ । मल्लको हत्या घटनामा टाइगरसहित अखिल क्रान्तिकारीका अध्यक्ष सिंह, गुराँस भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भनिने वीरबहादुर मल्ल र अशोक भनिने…
कपिलवस्तु । कपिलवस्तुमा अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कपिलवस्तु नगरपालिका ४ मलपरवाका ३७ वर्षे विनित मिश्रा बुधबार बिहान ११ बजेतिर तौलिहवास्थित बहादुरगंज चोकबाट अपहरणमा परेका थिए । उनलाई अपहरण गरेको आरोपमा बागलुङ गलकोट नगरपालिका-१ घर भई काठमाडौं बस्ने ३८ वर्षको सागर कुबर, रुपन्देही बुटवल उपमहानगरपालिका-७, शिवनगर बस्ने सागर गुरुङ र बुटवल उपमहानगरपालिका-१३, बेलवास बस्ने ३३ वर्षका ओम बराललाई सार्वजनिक गरेको छ । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका-३, कर्माना बस्ने ४३ वर्षकी शान्ति लम्साल, अर्घाखाँची सन्धिखर्क नगरपालिका-२, बस्ने ३२ वर्षे प्रकाश नेपाली र रुपन्देही तिलोत्तमा नगरपालिका-९, बस्ने ३४ वर्षका तुल्सी बनलाई पनि सार्वजनिक गरेको छ…
प्रतिनिधि र प्रदेशसभा उप-निर्वाचनको सुरक्षा व्यवस्थापन तयारी पूरा : प्रहरी प्रवक्ता ढकाल
काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचन २०८१ सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन तयारी पूरा भएको बताएका छन् । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुन गइरहेको उप-निर्वाचनमा सुरक्षा तयारी सम्बन्धी जानकारी दिन नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ढकालले उक्त कुरा बताएका हुन् । प्रहरी नायव महानिरीक्षक ढकालले नेपाल प्रहरीले मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो एवम् मजबुद सुरक्षा व्यवस्था मिलाउने, उपलब्ध श्रोत साधन, जनशक्तिको अधिकतम परिचालन र थप श्रोत, साधन, जनशक्तिको व्यवस्था गर्ने, निर्वाचन…
काठमाडौं । १५ वैशाखमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन सुरक्षित र भयरहित वातावरणमा सपन्न गर्न प्रहरीले आवश्यक तयारीसहित आन्तरिक तथा बाह्य योजना बनाएको छ । त्यसका लागि प्रहरीले मतदानस्थलदेखि मतगणना स्थलसम्म भरपर्दो एवं मजबुद सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता एवम् डीआईजी भिम प्रसाद ढकालले पत्रकार सम्मेलन गरेर जानकारी दिए । निर्वाचनमा प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता ढकालले बताए । उपनिर्वाचन सुरक्षामा २ हजार ३ सय ८७ जना प्रहरी परिचालिन हुनेछन् । इलाममा १ हजार ३६३ जना…
पोखरा । एक हप्ताअघि जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापालाई एउटा सूचना आउँछ- पोखरा महानगरपालिका आसपासमा अटोमेटिक पेस्तोलसहित एक व्यक्ति हिँड्डुल गरिरहन्छन् । त्यसपछि एसपी थापाले आफू मातहतका सबै युनिटलाई उक्त सूचना रिले गर्छन् । सबै युनिट विशेषतः वडा प्रहरी कार्यालय, बैदामलाई हाइ हलर्टमा रहन निर्देशन दिन्छन् । त्यसपछि ती व्यक्तिको खोजीमा कास्की प्रहरी लागिपर्छ । एउटा टोलीले ती व्यक्तिको विगत कोट्याउँछ । अनुसन्धानको क्रममा विगत हेर्दै जाँदा ती व्यक्तिविरुद्ध २०८० कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा चोरी तथा डाँका मुद्दा दर्ता भएको खुल्छ । ती व्यक्ति हुन्, पोखरा सराङकोटका नरबहादुर विक । तर, यो…