काठमाडौं । बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै उजुरी परेपछि काठमाडौं महानगरपालिकाले बल्खुस्थित सराफी सहकारीमा छापा मारेको छ । महानगरपालिकाको सहकारी बिभागले दिएको जानकारी अनुसार गत सोमबार सहकारीमा गएर आवश्यक कागजात नियन्त्रणमा हो ।
सहकारीमा रकम जम्मा गर्ने वचतकर्ताहरूले रकम निकाल्न जांदा फिर्ता नपाए पछि उनीहरूले महानगरपालिकामा आफुले जम्मा गरेको रकम व्याज सहित फिर्ता पाउ भन्दै निवेदन दिएपछि महानगरपालिकाले सहकारीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।
पीडितहरूका अनुसार सहकारीका अध्यक्ष प्रभात कुमार श्रेष्ठले झण्डै डेढ करोड भन्दा बढी रकम हिनामिना गरेका छन् ।
सहकारी जम्मा भएको रकम अध्यक्ष समेतले आफ्नो नीजि काम र व्यवसायमा लगाउने गरेको , बचतकर्ताहरूको रकम फिर्ता नगरेको र सहकारीलाई नीजि कम्पनी जस्तो गरेर चलाएको भन्दै वचतकर्ताहरूले महानगरपालिकामा निवेदन दिएका थिए ।
