काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन् ।
यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । यसैगरी परिसरको हालका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।
यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ । यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर रहेको थिए । राठौरको राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरिएको छ ।
यस्तै कोशी प्रदेश तालिम निर्देशनालयका एसएसपी राजन अधिकारीलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयको जिम्मेवारी दिइएको छ । त्यहाँ रहेका एसएसपी अभयनारायण काफ्लेको कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा भएको छ ।
