Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौ । सल्यानका विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका-५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीको कुटपिटबाट हत्या भएको थियो । ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा कुमाख गाउँपालिका- ५ का वर्ष १८ का भरत बुढाथोकी, वर्ष २० का मानसिंह कुमाई, वर्ष १८ का सन्तोष कुमाई, वर्ष १८ का हेमन्त थापा, वर्ष १८ का बिमल कुमाई, हेमन्त बुढाथोकी, टिकाराम थापा, दण्डविर कुमाई, मनविर कुमाई, लोकन्द्र…
काठमाडौँ । नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था विभागका पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिस भट्ट रहेका छन् । भट्टले करिब एक दशक करार सेवा विभागमा काम गरेका थिए । विभागमा कार्यरत हुँदा उनले नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप छ । केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी श्यामलाल ज्ञवालीका अनुसार उनलाई काठमाडौँबाट नियन्त्रण लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिए । उनले यो विषय यसअघि अनुसन्धान भइरहेको नक्कली लाइसेन्स प्रकरणसँग भने सम्बन्धित रहेको स्पष्ट पारेका छन् ।
लालबन्दी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका-५ टुटेश्वर जंगलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीकी एक युवतीको मृत्यु भएको छ । बिहान ८ः५० बजेतिर भएको दुर्घटनामा मोटरसाइकल चालक बागमती नगरपालिका १२ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटाको मृत्यु भएको हो । मृतक कार्कीको माइती लालबन्दी नगरपालिका-४ घरभवन हो । करिव १ वर्षअघि मात्रै उनको विवाह भएको थियो । कार्की आमा ५० वर्षीया उषा कार्कीलाई मोटरसाइकल पछाडि राखेर बर्दिवासतर्फ गइरहेकी थिइन् । सोहीक्रममा आमा उषाले ओढेको सल मोटरसाइकलको पछाडिपट्टीको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई पल्टिएको बर्दिवास प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते स्मृतिलाई उपचारका लागि शुभ स्वस्तिक…
काठमाडौं । राप्रपाका नेता तथा पूर्वआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले म्याद थप नगरेपछि बम रिहा भएका हुन् । कालिकोटको तलाताँ गाउँपालिका घर भई हाल काठमाडौंको निलोपुल बस्ने बमलाई गत बिहीबार प्रहरीले पक्राउ गरेर वृत्त महाराजगन्जमा राखेको थियो । उनी श्रेष्ठको जाहेरीको आधारमा पक्राउ परेका थिए ।
प्युठान । कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन् । सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले अवैध सम्बन्धबाट छोरा जन्माएको विषयमा २०६३ असोज ९ गते हुमी कुमारी देवी सारू, दिलिसरा देवी सोमै र हिमी कुमारी राना समेतले कुटपिट गर्दा गम्भीर घाइते भएकी हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी…
चितवन । लागू औषधको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको चितवनलाई निष्तेज पार्ने अभियान सुरु भएको छ । जिल्लामा सबैभन्दा धेरै लागू औषधको प्रयोगकर्ताको रुपमा युवा समूहहरु समावेश भएको तथ्याङ्क वृद्धि भएसँगै चितवन प्रशासनको नेतृत्वमा ३ महिने महाअभियान सुरु भएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ३ महिने महाअभियानको उद्घाटनसँगै कार्ययोजना पुस्तिका सार्वजनिक गरेकी हुन् । सो अवसरमा बोल्दै महानगर प्रमुख दाहालले सभ्य, सुन्दर सुसंस्कृत महानगर निर्माणमा विकास निर्माणसँगै लागू औषध नियन्त्रण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताइन । उनले सडक मानवमुक्त पहिलो महानगर जस्तै लागू औषध नियन्त्रणमा पनि देशको उदाहरणीय काम गर्नुपर्नेमा जोड दिइन । अभियानमा महानगरपालिकाको तर्फबाट आवश्यक साथ…
महोत्तरी । महोत्तरी मटिहानी न.पा. 6 जरलहवा टोल गाँउ बस्तिमा भएको आगलागीबाट १०३ घरधुरी पुर्ण रुपमा क्षति भएकामा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना काल देखी मानविय सहयोग कार्यमा केन्द्रीत रहि विभिन्न समयमा घटेका विपद्का घट्नाहरुमा सक्दो राहतका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ त्यसैको निरन्तरता स्वरुप पवित्र भुमि मटिहानीमा राहत तथा सामुहिक भोजनको कार्यक्रम सञ्चालन गरिएको थियो । १०३ घरधुरी आगलागी पिडितहरुका प्रत्येक परिवारमा कम्बल १, सिरानी १, टाबेल १, पानी खाने बोतल १, जग १, माक्स १०,…
हरेक परिवार, समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुन्छ : एआईजी थापा
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षित हुने बताए । शुक्रबार जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख समेत रहेका थापाले सो कुरा बताएका हुन् । लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउँदै साइबर अपराध जस्तो कु-कर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध समेत गरे । थापाले प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगीका…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न निर्देशन दिएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले हालै महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पालगायतका जिल्लामा भएका आगलागी प्रभावितको उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन् । देशका विभिन्न जिल्लामा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु तथा सयौँ व्यक्ति घाइते, घर, खाद्यान्न, लत्ताकपडा लगायतका भौतिक सम्पत्ति नष्ट तथा क्षति हुनुका साथै सयौँ चौपायाको मरेकाप्रति पनि सभापति देउवाले दुःख व्यक्त गरे । त्यसैगरी उनले आगलागीका कारण आफ्नो घरबाससहित धनसम्पत्ति गुमाएका परिवारजनप्रति पार्टी र व्यक्तिगततर्फबाट…
काठमाडौ । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआइजी) दुर्गा सिंह चन्दको सरुवा गरेको छ । उक्त प्रदेश एक हप्तादेखि प्रमुखविहिन थियो । ७ वैशाखमा डिआइजी विकासराज खनालले अनिवार्य अवकाश पाएपछि रिक्त रहेको गण्डकी प्रदेश प्रहरी प्रमुखमा चन्दको सरुवा भएको हो । उनी प्रहरी संगठनमा इमान्दार अफिसरको रुपमा चिनिन्छन ।