काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षित हुने बताए ।
शुक्रबार जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख समेत रहेका थापाले सो कुरा बताएका हुन् ।
लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउँदै साइबर अपराध जस्तो कु-कर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध समेत गरे ।
थापाले प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगीका घटनाहरू बढेकोमा बिशेष गरी चिठ्ठा तथा लोटरी परेको प्रलोभन देखाई ठगीका घटनाहरू अत्याधिक वृद्धि भएकाले सामाजिक सञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गरे ।
कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख प्रमुख दिपक कुमार रिसालको अध्यक्षतामा तथा एआईजी थापाको प्रमुख आतिथ्यतामा सम्मन्न भएको थियो ।
कार्यक्रममा प्रहरी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधिहरू,विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।
प्रहरी-समुदाय-स्थानिय तह-विद्यालय र सामाजिक संस्थाहरु बिच साझेदारीता निर्माण गरि सामुदायिक सुरक्षालाई संस्थागत गर्नु तथा अपराध रहित, सुरक्षित, सभ्य र सु-संस्कृत समाजको निर्माणका लागि जघन्य अपराध, लागु औषध दुर्व्यसन, महिला बालबालिका विरुद्दका अपराध र हिंसा, बढदो साईवर अपराध, घरेलु हिंसा, ट्राफिक सचेतना तथा सामाजिक विकृति विसंगति बिरुद्द सामाजिक सचेतना जगाउनु साथै सामुदायिक सुरक्षालाई संगठित र दिगो रुपमा प्रवद्धन गर्नु लगायत समाजका सम्वेदनशिल वर्गका रुपमा रहेका वालवालिकाहरुमा सुरक्षा सचेतना बढाई अपराधको जोखिमबाट बचाउनु र विद्यालय स्तरमा नै जनचेतना अभिवृद्धि गर्नु मुख्य उद्धेश्यले जनचेतनामूलक पाठ्यसामाग्री तयार पारिएको हो ।
