महोत्तरी । महोत्तरी मटिहानी न.पा. 6 जरलहवा टोल गाँउ बस्तिमा भएको आगलागीबाट १०३ घरधुरी पुर्ण रुपमा क्षति भएकामा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना काल देखी मानविय सहयोग कार्यमा केन्द्रीत रहि विभिन्न समयमा घटेका विपद्का घट्नाहरुमा सक्दो राहतका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ त्यसैको निरन्तरता स्वरुप पवित्र भुमि मटिहानीमा राहत तथा सामुहिक भोजनको कार्यक्रम सञ्चालन गरिएको थियो ।
१०३ घरधुरी आगलागी पिडितहरुका प्रत्येक परिवारमा कम्बल १, सिरानी १, टाबेल १, पानी खाने बोतल १, जग १, माक्स १०, स्टिलको कचौरा २, स्टिलको गिलास २, स्टिलको थाल २, स्टिलको चम्चा २, ब्यक्तिगत सरसफाई किट (पुरुष/महिला) तथा सामुहिक रुपमा प्रयोग गर्ने गरी १०/१० थान शैचालय, प्यान तथा पाईप/एल्बो लगाएतका राहत सामाग्रीहरु वितरण गरिएको थियो ।
राहत सामाग्री वितरण कार्यक्रम पश्चात ७०० जना आगलागी पिडितहरुलाई सामुहिक खाना खुवाईएको थियो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल , सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नामस्त बाहिनीका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, सशस्त्र प्रहरी बल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु लगाएत जनप्रतिनिधिहरु, स्थानीय भद्रभलाद्मीमि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा आगलागी पिडितहरु द्धारा राहतको अनुभुति भएको भनी खुसी व्यक्त गर्नुका साथै जनप्रतिनिधिहरु द्धारा उक्त राहत कार्यक्रमको प्रशंसा गरिएको थियो ।
