काठमाडौ । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआइजी) दुर्गा सिंह चन्दको सरुवा गरेको छ । उक्त प्रदेश एक हप्तादेखि प्रमुखविहिन थियो ।
७ वैशाखमा डिआइजी विकासराज खनालले अनिवार्य अवकाश पाएपछि रिक्त रहेको गण्डकी प्रदेश प्रहरी प्रमुखमा चन्दको सरुवा भएको हो । उनी प्रहरी संगठनमा इमान्दार अफिसरको रुपमा चिनिन्छन ।
Facebook Comments Box
