काठमाडौं । राप्रपाका नेता तथा पूर्वआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले म्याद थप नगरेपछि बम रिहा भएका हुन् ।
कालिकोटको तलाताँ गाउँपालिका घर भई हाल काठमाडौंको निलोपुल बस्ने बमलाई गत बिहीबार प्रहरीले पक्राउ गरेर वृत्त महाराजगन्जमा राखेको थियो ।
उनी श्रेष्ठको जाहेरीको आधारमा पक्राउ परेका थिए ।
Facebook Comments Box
