काठमाडौ । सल्यानका विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका-५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीको कुटपिटबाट हत्या भएको थियो ।
ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा कुमाख गाउँपालिका- ५ का वर्ष १८ का भरत बुढाथोकी, वर्ष २० का मानसिंह कुमाई, वर्ष १८ का सन्तोष कुमाई, वर्ष १८ का हेमन्त थापा, वर्ष १८ का बिमल कुमाई, हेमन्त बुढाथोकी, टिकाराम थापा, दण्डविर कुमाई, मनविर कुमाई, लोकन्द्र थापा र झलक कुमाई रहेका छन् ।
पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अहिले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको छ ।
