Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘पिए हुँ’ भन्दै ठगी गर्ने व्यक्ति प्रहरी फन्दामा परेका छन् । हुम्ला चंखेली गाउँपालिका घर भई काठमाडौं बस्ने दीपेन्द्र सिरालाई प्रहरीले पक्राउ गरी ठगी र कीर्ते मुद्दा समेत चलाइसकेको छ । सिराले आफू प्रचण्डको पिए हुँ भन्दै नक्कली नियुक्ति पत्र देखाएर नियुक्ति दिलाउने भन्दै पैसा लिएर ठगी गरेको प्रहरीले जनाएको छ । उनले १० लाख ९५ हजार ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । माओवादी निकट रहेका सिराले प्रधानमन्त्रीको पिए भएको विश्वासमा पारेर ठगी गरेका हुन् । जनकराज लावड र नविनसिंह धामीलाई शिक्षासम्बन्धी परियोजनामा प्रबन्धक निर्देशक पदमा नियुक्ति गरिदिने भन्दै पत्र समेत देखाएर ठगी…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अब संसदीय छानबिन समिति नबन्ने टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेसले आज संसद्मा अमर्यादित हर्कत गरेको भन्दै समिति नबन्ने बताए । साथै उनले पार्टी अध्यक्ष रवि लामिछानेको गल्ती भेटिए रास्वपाका सबै सांसदहरूले राजनीति छाडिदिने बताए । ‘उहाँले म मात्र राजनीति छाड्छु भन्नुभयो । म यहाँ उभिएर भन्छु उहाँको खोट भेटिए हामी सबै राजनीति छाड्छौँ । के कांग्रेसले हिम्मत राख्छ कि सभापतिको उसको श्रीमतीको, छोराको गल्ती देखिए राजनीति छोड्न सक्छन् ?,’ उनले प्रश्न…
जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषा र त्यस अन्तर्गतका कार्यालयहरुबाट सिमामा खटिएका विभिन्न गस्ती तथा चेकप्वाईन्ट टोलीले अवैध चोरी निकासी पैठारी नियन्त्रण कार्यमा हालका दिनहरुमा अझ प्रभावकारी रुपमा रातदिन खटिई खरो रुपमा उत्रिएको पाईएको छ । जेठ महिनाको १ गतेदेखि ३ गतेसम्ममा (तीन दिनभित्र) मात्रै रु. २७ लाख ८७ हजार १ सय ९५ मुल्य बराबरको अवैध चोरी निकासी पैठारीका मालसामान बरामद गरी भन्सार दाखिला गरिसकेको छ । अवैध चोरी निकासी पैठारी नियन्त्रण तथा सिमा क्षेत्रको शान्ति सुरक्षा र सीमावर्ती अपराधिक गतिविधिलाई प्रभावकारी ढंगबाट नियन्त्रण गरी परिणामुखी कार्य गर्नका लागि हालका दिनहरुमा नेपाल-भारत सिमा ईलाकाका प्रत्येक नाकाहरुको…
काठमाडौ । कञ्चनपुरमा एक शिक्षकलाई ढुङ्गाले हानेर हत्या गर्ने युवक पक्राउ परेका छन् । बुधबार साँझ बेलौरी नगरपालिका–६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक लक्षी चन्दलाई ढुङ्गाले हानि हत्या गर्ने सोहि ठाउँका बर्ष ३५ का महेश भण्डारी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक गौरी प्रसाद जैशीका अनुसार युवक भण्डारी ट्याक्टरको पछाडीको ट्रलीमा भुसाभित्र सुतेको अवस्थामा पक्राउ परेका हुन् ।भण्डारीले मादकपदार्थ पनि सेवन गरेको पाइएको उनले बताए । उनलाई पक्राउ गर्न प्रहरीको टोली र कैलालीबाट आएको कुकुरले पनि समात्नमा सहयोग गरेको बताए । बिहिवार बिहान ४ बजेको समयमा फरार रहेका युवक खोजिगर्दा बेलौरी–६ दुम्लीमा खोजतलासीमा फेला परेका हुन्…
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई महिनाको अवधिमा ५२ किलो भन्दा बढी सुन बरामद गरेको छ भने अवैध सुन ओसारपसार गर्ने २२ जनालाई पक्राउ परेका छन् । २०८० चैत र २०८१ वैशाख महिनामा विमानस्थलबाट ६ करोड ८७ लाख ७८ हजार ७३५ बराबरको ५२.७२९ किलो सुन बरामद गरी सशस्त्र प्रहरीले भन्सार दाखिला गरेको हो । त्यस्तै सशस्त्र प्रहरीले अवैध सुन ओसार–पसार गर्ने २२ जनालाई पक्राउ गरेसँगै ती मानिसको साथमा रहेको ११ करोड ५५ लाख ६० हजार २९० रुपैयाँ बराबरको सुन भन्सार र अदालतमा दाखिला गरेको छ । यस्तै सशस्त्र प्रहरीले चैत र वैशाखमा विशेष सूचनाको…
काठमाडौ । नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति धर्मपालवरसिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । नेपाली सेनाका अनुसार थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।
सुनसरी । सुनसरी प्रहरीले ४ सय ४० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले देवानगञ्ज गाउँपालिका–५ स्थित मेहेता टोलबाट १३ वटा बोरामा प्याक गरिएको ४ सय ४० किलो गाँजासहित गाजा लोड गरिएको को १ ख ७१२३ नम्बरको मिनी ट्रकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी-१४ बस्ने २५ बर्षीय चन्द्रबहादुर पाख्रिन, मोरङ लेटाङ-६ बस्ने बलबहादुर लिम्बु र सुनसरी देवानगंज-४ का ३० वर्षीय अरबिन्द पाल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिए । पाख्रिन ट्रक चालक हुन् । उनीहरुको साथबाट १ लाख ५० हजार रुपैयाँ भारु र नेपाली ५२ हजार रुपैयाँ समेत…
सिन्धुपाल्चोक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सग्रौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी रहेको टिप्पणी गरेकी छिन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्व सांसद डा.संग्रौलाले नीति तथा कार्यक्रमले अहिलेको अर्थतन्त्र सुधार्न नसक्ने, अधिकांश कार्यक्रम पुरानै दोहोरिएको र कार्यान्वयन गर्नका लागि सरकारसँग आर्थिक क्षमता कमजोर देखिएको बताइन् । ‘नीति तथा कार्यक्रममा आम्दानीको दायरा विस्तार गर्ने कुनै योजना छैन । राजस्व प्रशासन सुधारतर्फ सरकारको कुनै ध्यान गएको देखिँदैन। कमजोर धरातलमा रहेको सरकारले समग्र शासन प्रणालीमा सुधार गर्न सक्ने देखिदैन,’ डा. संग्रौलाले भनिन्। उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गिरीबन्धु टी…
तुलसीपुर । दाङमा बहुविवाह गरेका एकजना आरोपीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ जिल्ला अदालतले घोराही-१५ तुलसीपुर चोक निवासी सरोज पौडेललाई वहु विवाहको आरोपमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो । पौडेल मुद्धा दर्ता भएपछि भागेका थिए । जिल्ला प्रहरी कार्यालय दाङले पौडेललाई फरार सुचीमा राखेर घटनावारे अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय घोराहीलाई फाइल बुझाएको थियो । आफै फरार रहेका पौडेल गएको वैशाख २५ गते अदालतमा हाजिर भएका थिए । जिल्ला न्यायधीश तारा शर्माको एकल इजलाशले थुनछेककाक्रममा मुद्धाको अन्तिम टुङ्गो नलाग्दा सम्म पौडेललाई तत्कालको प्रमाणको आधारमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो…
काठमाडौं । कास्कीको पोखरामा सञ्चालित स्पा (मसाज) सेन्टरहरुमा बालिकाहरुलाई बन्धक बनाएर यौन व्यवसायमा लगाउने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले त्यसरी यौन व्यवसायमा लगाउने गरेका ६ जना बालिकाहरुको उद्दार गरेको छ । उनीहरूलाई पोखराको ५ वटा स्पाबाट उद्दार गरिएको हो । त्यहाँ बालिकालाई ल्याएर बन्धक बनाई यौन धन्दामा लगाउने गरेको गोप्य सूचनाको आधारमा ती स्पाहरु अनुगमन गर्दा १८ वर्षमूनिका ६ जना बालिकाहरु भेटिएको कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार सेन्टर प्वाइन्ट स्पाबाट २ जना, हिमालयन स्पाबाट १ जना, पारामाउन्ट स्पाबाट १ जना, न्यू भिजन स्पाबाट २ जना बालिकाहरु र गड विल…