काठमाडौ । कञ्चनपुरमा एक शिक्षकलाई ढुङ्गाले हानेर हत्या गर्ने युवक पक्राउ परेका छन् । बुधबार साँझ बेलौरी नगरपालिका–६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक लक्षी चन्दलाई ढुङ्गाले हानि हत्या गर्ने सोहि ठाउँका बर्ष ३५ का महेश भण्डारी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक गौरी प्रसाद जैशीका अनुसार युवक भण्डारी ट्याक्टरको पछाडीको ट्रलीमा भुसाभित्र सुतेको अवस्थामा पक्राउ परेका हुन् ।भण्डारीले मादकपदार्थ पनि सेवन गरेको पाइएको उनले बताए ।
उनलाई पक्राउ गर्न प्रहरीको टोली र कैलालीबाट आएको कुकुरले पनि समात्नमा सहयोग गरेको बताए । बिहिवार बिहान ४ बजेको समयमा फरार रहेका युवक खोजिगर्दा बेलौरी–६ दुम्लीमा खोजतलासीमा फेला परेका हुन् ।
शिक्षक चन्दलाई घर नजिकै बुधबार (हिजो) राती करिब ८ बजेको समयमा आपसी विवादपछि भण्डारीले मुख, टाउकोमा निर्घात रूपमा ढुंगाले हानेर घाइते बनाएका थिए । लगत्तै चन्दलाई बेलौरी प्रााथमिक स्वास्थ्य चौकी लगिएको थियो ।
पछि त्यहाबाट धनगढीको निसर्गमा थप उपचारका लागि पठाएको भएपनि उपचारकै क्रममा उनको अस्पतामै मृत्युु भएको प्रहरी निरीक्षक जैशीले बताए । शिक्षक चन्दले बेलौरीको महाकाली माविमा लामो समय शिक्षक पेशामा सेवा गरि सेवा निवृत भएका थिए ।
घटनाबारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।
