जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषा र त्यस अन्तर्गतका कार्यालयहरुबाट सिमामा खटिएका विभिन्न गस्ती तथा चेकप्वाईन्ट टोलीले अवैध चोरी निकासी पैठारी नियन्त्रण कार्यमा हालका दिनहरुमा अझ प्रभावकारी रुपमा रातदिन खटिई खरो रुपमा उत्रिएको पाईएको छ ।
जेठ महिनाको १ गतेदेखि ३ गतेसम्ममा (तीन दिनभित्र) मात्रै रु. २७ लाख ८७ हजार १ सय ९५ मुल्य बराबरको अवैध चोरी निकासी पैठारीका मालसामान बरामद गरी भन्सार दाखिला गरिसकेको छ ।
अवैध चोरी निकासी पैठारी नियन्त्रण तथा सिमा क्षेत्रको शान्ति सुरक्षा र सीमावर्ती अपराधिक गतिविधिलाई प्रभावकारी ढंगबाट नियन्त्रण गरी परिणामुखी कार्य गर्नका लागि हालका दिनहरुमा नेपाल-भारत सिमा ईलाकाका प्रत्येक नाकाहरुको चेकजाँच र भन्सार छलिका अवैध मालसामानको बरामदी कार्यमा धनुषाको सशस्त्र प्रहरी अझ कडा रुपमा फिल्डमा उत्रिएको हो।
