Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुशीयाली छाएको छ । ६६ वर्षीय कटुवाललाई सोमवार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए । ‘श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन्, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो’, शमशेरबहादुरकी श्रीमती सीताले भनिन् । शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो । दुवै जनाबाट छ सन्तान जन्मिए । ‘कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज (शुक्रबार) साँझ ६ बजे छलफलका लागि बोलाएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । ‘संसदीय समिति गठनका विषयमा छलफल गर्न प्रधानमन्त्रीजीले आज साँझ ६ बजे छलफलका लागि बोलाउनु भएको छ, हामी छलफलमा जान्छौं,’ उनले भने । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको अडान लिंदै आएको छ । कांग्रेसको उक्त मागमा राप्रपा, जसपा नेपाल, लोसपालगायत दलले पनि समर्थन जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । तर…
काठमाडौं । ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसीबी अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न बिहीबार नेपाल फिर्ता ल्याइएको छ । पक्राउ परेकामध्ये ज्यान सम्बन्धी कसूर मुद्दामा बलबहादुरमाथि जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको थियो । एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फ्रेबुअरी ७ मा रेड नोटिस जारी भएको थियो…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनः संरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पारे । “न्यायपालिकाको पुनः संरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,” प्रधानमन्त्री प्रचण्डले भने, “न्यायपालिकाको सुदृढीकरण र बार एशोसियसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ ।” लोतकन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नैपर्छ भने । नेपालको लोकतन्त्रलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा महत्त्वका साथ हेरिँदै आएको…
काठमाडौं । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो । युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको विभागले जनाएको छ । दुवै आरोही जेठ १ गतेदेखि चौथो क्याम्पबाट सम्पर्कविहीन बनेका थिए । प्रतिकुल मौसमले पछि ३ दिन यता आरोहण समेत प्रभावित बनेको विभागले जानकारी दिएको छ ।
इन्काउन्टर स्पेसलिष्ट सई बालकृष्ण : लागूऔषध कारोबारका नाइकेमाथि आक्रामक, ४ कारोबारीमाथि गोली प्रहार
काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा कार्यरत प्रहरी बरिष्ठ नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुन सफल भएका छन् । ब्यूरोले दिएको जिम्मेवारी उत्कृष्ट तरिकाले निर्वाह गरी व्यावसायिक रुपमा इमान्दारितापूर्वक प्रशंसनीय ढंगबाट काम गरेको भन्दै सई सञ्जेललाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । वैशाख महिनामा सई सञ्जेलले खुंखार लागूऔषध कारोबारीहरुलाई गोली हानी समातेर कानुनी दायरामा ल्याएको लगायतका कामको उच्च मूल्यांकन गर्दै ब्यूरोमा गठन भएको छनोट समितिले सञ्जेललाई ‘महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको हो । जबकी आफू मातहतको कार्यालय प्रमुखले एक कार्यक्रम आयोजना गरी सर्वोत्कृष्ट प्रहरी अधिकृतलाई उक्त कदरपत्र वितरण गर्ने गरिन्छ । तर, सई सञ्जेलले…
काठमाडौं । पछिल्लो समय प्रहरी कार्यालयमा चिटिक्कको ई-लाइब्रेरी (व्यवस्थित पुस्ताकालय) हरू बन्न थालेका छन् । सोहीअनुरुप जिल्ला प्रहरी कार्यालय उदयपुरले लाइब्रेरी क्याफे सञ्चालनमा ल्याएको छ । प्रहरी मात्र नभई सेवाग्राहीलाई समेत सुविधा दिने गरी कार्यालयपरिसरमा लाइब्रेरी क्याफे सञ्चालनमा ल्याएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिए । सहरी क्षेत्रमा लोकप्रिय बनेको लाइब्रेरी क्याफेको शैली पछ्याउँदै प्रहरी कार्यालयमै यस्तो चिटिक्कको क्याफे सञ्चालनमा ल्याएको हो । जसको उद्घाटन गत २८ वैशाखमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गरेका हुन्। पठन संस्कृति बढाउने उद्देश्यले लाइब्रेरी स्थापना गरिएको एसपी थापाले बताए । ‘त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयसँगको सहकार्यमा इ–लाइब्रेरीसहित यस्तो क्याफे सञ्चालनमा ल्याएका हौँ,’…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको नभई ठगी गरेको आरोप लगाएका छन् । बिहीबार साँझ संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गरी उनले गृहमन्त्री लामिछानेमाथि यस्तो आरोप लगाएका हुन् । उनले रवविरुद्धका प्रमाणहरू जति पनि रहेको बताए । ‘सहकारीबाट ऋण लिएका छैनौं भनिराखेका छन् नि । हामीले नि ऋण भनेका छैनौं । ऋण त सहकारीका सदस्यले लिने हो । उनले त सहकारीबाट ठगेका हुन् । सहकारीको रकम निजी कम्पनीमा खर्च गरेका हुन्,’ उनले भने । सहकारी विभागको प्रतिवेदन, पोखरा, रुपन्देही, कम्पनी रजिस्ट्रार र गोरखा मिडियाको अडिटमा पनि…
काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी दिएको हो । वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको पेटभित्र लागुऔषध रहेको शंका लागेपछि प्रहरीले प्रहरी अस्पताल लगेर पेटबाट १ किलो २६० ग्राम कोकिन निकालेको थियो । यस्तै जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी युगान्डाकै लिलयान सु्सनसाथबाट १ किलो ३९४ ग्राम कोकिन बरामद भएको थियो । यसैगरी भारतीय नागरिक ३३ वर्षीया…
काठमाडौं । कतार विमानस्थलबाट अर्काले पठाएको ७० ग्राम सुन र आइफोन पचाउन खोज्ने एक युवक पक्राउ परेका छन् । अपहरणको नाटक गरेर अर्काले पठाएको ७० ग्राम सुन र आइफोन पचाउन खोज्ने इलामको लक्ष्मीपुर–८ घर भएका ३९ वर्षीय सूर्यबहादुर समाल मगरलाई प्रहरीले पक्राउ गरेको हो । गोदावरीस्थित सेन्ट जेभियर्स स्कुल नजिकै हातखुट्टा बाँधेको अवस्थामा फेला परेका मगरले अपहरणको नाटक गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । बिहीबार बिहान पौने ५ बजेतिर बाहिरी कपडा नभएको र हातखुट्टा बाँधेको अवस्थामा उनलाई देखेर स्थानीयले खबर गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो । जेठ १ मा बिहान कतारबाट सुन र आइफोन लिएर आएका मगर…