काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको नभई ठगी गरेको आरोप लगाएका छन् ।
बिहीबार साँझ संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गरी उनले गृहमन्त्री लामिछानेमाथि यस्तो आरोप लगाएका हुन् । उनले रवविरुद्धका प्रमाणहरू जति पनि रहेको बताए ।
‘सहकारीबाट ऋण लिएका छैनौं भनिराखेका छन् नि । हामीले नि ऋण भनेका छैनौं । ऋण त सहकारीका सदस्यले लिने हो । उनले त सहकारीबाट ठगेका हुन् । सहकारीको रकम निजी कम्पनीमा खर्च गरेका हुन्,’ उनले भने ।
सहकारी विभागको प्रतिवेदन, पोखरा, रुपन्देही, कम्पनी रजिस्ट्रार र गोरखा मिडियाको अडिटमा पनि रविविरुद्ध प्रमाणहरू छरपस्ट रहेको उनको भनाई छ ।
Facebook Comments Box
