Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा मारिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ । गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । लागूऔषध पदार्थ सेवनकर्ताहरुले जवान घिमिरेको हत्या गरेको खुलेको अनुसन्धानमा खटिएका एक अधिकतृ बताउँछन् । ती अधिकृत भन्छन्, ‘घटनास्थलको प्रकृति हेर्दा लागूऔषध पदार्थ सेवन गर्नेहरु आउनेजाने गरेको छ । चुरोटका ठुटाहरु, अन्य लागूपदार्थ सेवन गर्ने औजारका सामानहरु पनि भेटिएको छ ।’ त्यो दिन घिमिरे पनि मोटरसाइकलमा त्यहाँसम्म गएको…
सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान गोष्ठी सम्पन्न
काठमाडौ । सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान विषयक एकदिने गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गरे । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता रिजालले सम्पत्ति शुद्धिकरणमा अनुसन्धान र अभियोजनका लागि यस गोष्ठीमा भएको छलफल अत्यन्तै उपलब्धीमूलक भएको बताए । साथै सम्पत्ति शुद्धिकरणमा संलग्न सबै सरोकारवाला निकायहरूले संवेदनशीलता अपनाई प्रचलित कानूनको अधिनमा…
काठमाडौ । मोरङको बेलबारीमा एउटै परिवारका ससुरा बुहारीमाथि कालो मोसो दलिएको छ । सडक निर्माणको विषयमा भएको विवादलाई लिएर बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा मोसो दलिएको हो । सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भइ हाल बेलबारी–११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय वृद्ध हरिबहादुर विष्ट र उनकी बुहारी ३७ वर्षीया सरस्वती बस्नेत (विष्ट)लाई स्थानीयले कालोमोसो दलेको प्रहरीले जनाएको छ । सुम्निमा चोकबाट जुरातर्फ जाने सडक निर्माणका क्रममा स्थानीय र विष्ट परिवारबीच विवाद भएको थियो । विवादकै क्रममा कालो मोसो दलेर ससुरा बुहारीमाथि अमानवीय व्यवहार गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । एसपी कार्कीकाअनुसार घटनामा सलग्न ५ जना पक्राउ परेका छन् । कोशी…
काठमाडौं । शुक्रबार साँझतिर बालाजु तारकेश्वर नगरपालिका—९, मनमैजुस्थित एकान्तमा निर्माणधिन घरको तल दरबारमार्ग ट्राफिक प्रभागमा कार्यरत जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा भेटियो । घटनास्थलमा पुगेका एक प्रहरीकाअनुसार जवान घिमिरेको शरीरभर चोट थियो । अनुहार त झनै छियाछिया बनाएर रगताम्मे थियो । त्यतिमात्र नभएर उनले लगाएको युनिर्फम र जुत्ता अलिपर लगेर जलाइएको थियो । त्यसैले सहजै अनुमान गर्न सकिन्छ कि, घिमिरेको हत्या नै भएको हो । उनको हत्या कसले र किन गर्यो ? प्रहरी अनुसन्धानपछि खुल्ला । तर, २४ घण्टा बितिसक्दा पनि अनुसन्धानमा खटिएका प्रहरीले अहिलेसम्म केही क्लू नै पत्ता लगाउन सकेको छैन । बोराले ढाकेको अवस्थामा घिमिरेको शव भेटिएको…
मृत भेटिएका दरबारमार्ग ट्राफिकमा कार्यरत जवानको युनिफर्म र जुत्ता जलाएको अवस्थामा भेटियो
काठमाडौं । राजधानीको बालाजुस्थित मनमैजुमा मृत भेटिएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको युनिफर्म र जुत्ता जलाएर फालेको अवस्थामा भेटिएको छ । जवान घिमिरे दरबारमार्ग ट्राफिकमा कार्यरत थिए । तारकेश्वर नगरपालिका—९, मनमैजुमा मृत भेटिएका जवान घिमिरे बिहीबार ड्युटी सकेर निस्केपछि कार्यालय फर्किएका थिएनन् । तर, उनको शव शुक्रवार साझ मात्र भेटिएको हो । अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेलगायत प्रहरी टोली टोली घटनास्थलमा पुगेर फर्किसकेको छ । अनुहार चोट देखिएकाले प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । निर्माणाधीन घरको तल उनी मृत अवस्थामा…
काठमाडौ । नेपाल प्रहरीका ४ नायब महानिरीक्षक (डिआईजी)हरुको बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवामा हुने एसएसपीहरुमा कृष्णहरि शर्मा पोखरेल एक नम्बरमा, दान बहादुर कार्की दोस्रोमा, मनोज केसी तेस्रोमा र राजन अधिकारी चौथोमा बढुवा सिफारिस भएका छन् ।
काठमाडौं । राजधानीको मनमैजुमा एक जना ट्राफिक प्रहरी मृत भेटिएका छन् । दरबारमार्ग ट्राफिकमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन् । ड्युटी सकेपछि निवासमा जाँदै गरेका ट्राफिक जवान घिमिरे केही बेर अघि मृत अवस्थामा भेटिएको ट्राफिक प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । अनुहारमा चोट छ । ट्राफिक पोसाकमै उनको शव भेटिएको हो । घतनास्थलमा नजिकैको प्रहरी र दरबारमार्ग ट्राफिक प्रमुख पुगेका छन् । विस्तृत जानकारी आउन बाँकी ।
काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फको प्रहरी उपरीक्षक (एसपी) पदमा नायब उपरीक्षक (डीएसपी) दिपेश जोशी बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबारको बैठकले रिक्त रहेको एक पदमा उनलाई बढुवाका लागि सिफारिस गरेको हो । प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह सूचना प्रविधि कम्पुटरतर्फको डीएसपी जोशीलाई सो उपसमूहको एसपी पदमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी साइबर ब्यूरो भोटाहिटीमा कार्यरत छन् ।
काठमाडौं । प्रहरीले कीर्तिपुर नगरपालिका-१० नयाँबजारमा ग्याङ फाइट गर्ने ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका सुदिप गिरी छन् । त्यसैगरी अछामको रामारोशन गाउँपालिका–७ घर भइ रातोपुल बस्दै आएका नवीन भनिने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका–१ घर भएका जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका–५ घर भइ नयाँ बानेश्वर बस्ने तेज थापा, गैरीगंगा–९ घर भइ च्यासल बस्ने तपेन्दराज्र खाती र बझाङको थलगा गाउँपालिका घर…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले पदबहाली गरेको दोस्रो दिनमा नै वरिष्ठताको आधारमा एआईजी बढुवा निकाले । २०७९ चैत १३ गते तत्कालिन डिआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा सिफारिस गरिएको थियो । डिआईजीको वरीयताअनुसार नै बढुवा गरिएकाले पहिलो निर्णयमा नै आईजीपी कुँवर सफल भएको धेरैले चर्चा गरे । सोहीअनुरुप आईजीपी कुँवरले केही दिनअघि रिक्त २ एआईजी पदमा पनि बरिष्ठताको आधारमा उमेशराज जोशी र भीम ढकालको बढुवा निकाले । यसरी बरिष्ठताका आधारमा बढुवा सिफारिस गरेका आईजीपी कुँवरले रिक्त डिआईजी पदमा चाहिँ के गर्लान् चासोको विषय बनेको छ । नेपाल प्रहरीमा हाल ३ वटा डिआईजी…