काठमाडौं । राजधानीको मनमैजुमा एक जना ट्राफिक प्रहरी मृत भेटिएका छन् । दरबारमार्ग ट्राफिकमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन् ।
ड्युटी सकेपछि निवासमा जाँदै गरेका ट्राफिक जवान घिमिरे केही बेर अघि मृत अवस्थामा भेटिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । अनुहारमा चोट छ । ट्राफिक पोसाकमै उनको शव भेटिएको हो । घतनास्थलमा नजिकैको प्रहरी र दरबारमार्ग ट्राफिक प्रमुख पुगेका छन् ।
विस्तृत जानकारी आउन बाँकी ।
Facebook Comments Box
