काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फको प्रहरी उपरीक्षक (एसपी) पदमा नायब उपरीक्षक (डीएसपी) दिपेश जोशी बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको शुक्रबारको बैठकले रिक्त रहेको एक पदमा उनलाई बढुवाका लागि सिफारिस गरेको हो ।
प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह सूचना प्रविधि कम्पुटरतर्फको डीएसपी जोशीलाई सो उपसमूहको एसपी पदमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनी साइबर ब्यूरो भोटाहिटीमा कार्यरत छन् ।
Facebook Comments Box
