Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगीसम्बन्धी कसुरमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीय सुवर्णमान नकर्मी, ३३ वर्षीय कृष्णमान श्रेष्ठ र ४५ वर्षीय उदित सन्दिप पौडेल रहेका छन् । पोखरा महानगरपालिका-९ न्यूरोड स्थित सञ्चालनमा रहेको श्री विन्दवासिनी वचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नकर्मी सहकारी संस्थाको सञ्चालक समितिका अध्यक्ष हुन् भने श्रेष्ठ सोही संस्थाका सञ्चालक समितिका सदस्य एवं ऋण संयोजक र पौडेल उक्त संस्थाको रकम हिनामिना तथा अपचलन गर्ने व्यक्ति हुन् । सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूसमेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी…
काठमाडौं । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, मोरङ स्रोतका अनुसार बारा घर भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही विषयमा थप भेरिफाई गर्ने क्रम जारी रहेको भन्दै प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । यद्यपि, उनी यसअघि पनि एउटा घटनामा पक्राउ परेको व्यक्ति भएको स्रोतको दाबी छ । त्यही विषयसँग हत्याको कारण जोडिएको हुनसक्ने आशंका छ । पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलस्थित मामाको छोरा दाजु विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको सोमबार राति साढे १० बजे हत्या भएको थियो । कोठाबाट…
काठमाडौँ । विगत २४ घण्टामा सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर राखी सामाजिक सञ्जालमा अतिरञ्जित प्रतिक्रियाबारे सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै विभागले शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडेर अतिरञ्जित गर्नु खेदजनक भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, यस डिभिजनसँग सडक विभागको परिसरमा स्तरोन्नति गर्ने कामका निमित्त सम्झौता गरेको निर्माण व्यवसायीले मिति २०८०/११/१९ गते शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक छ । यस्तै सो सडकको निर्माणलाई…
काठमाडौ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले १२ बर्षकी नावालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । ११ महिनाअघि सर्लाहीको ईश्वरपुर नगरपालिका-१० स्थित फुलजोर खोलामा राम्ररी बोल्न नसक्ने नावालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार रहेका टेके सार्की रम्तेललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सार्कीले गत २०८० वैशाख ७ गते अन्दाजी १:३० बजेको समयमा फुलजोर खोलामा राम्ररी बोल्न पनि नसक्ने नावालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । लगत्तै उनी फरार भएका थिए । जबरजस्ती करणीबाट बोकेको गर्भबाट ती नावालिकाले पुस १५ गते बच्चालाई समेत जन्म दिएकी थिइन् । तर जन्म दिएको शिशु…
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सत्ता समीकरण सामान्य घटना नभएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबारमात्रै कांग्रेससँगको गठबन्धन तोडेर एमाले-रास्वपालगायत दलसँग गठबन्धन गरेपछि नेता कोइरालाले यसलाई असामान्य घटनाको रुपमा टिप्पणी गरेका हुन् । ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन,’ मंगलबार बिहान उनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन् । उनले प्रधानमन्त्री प्रचण्ड अस्थिर, माओवादी कमजोर र सत्ताको लागि जे पनि गर्न तयार पार्टी भएकोले कांग्रेसलाई महँगो परेको बताएका छन् । उनले सत्ता गठबन्धन बन्नु र तोडिनुमा कांग्रेस पनि जिम्मेवार रहेको बताउँदै भविष्यका लागि सजग हुनुपर्ने बताएका छन् । ‘यस…
विराटनगर । मोरङको पथरीशनिश्चरे-७ मा एक १५ वर्षीया बालिकाको हत्या भएको छ । लामाटोलस्थित विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो । बालिकाको घर भने खोटाङको अैसेलुखर्क- ६ हो । दुई वर्षदेखि विनोदको घरमा बसिरहेकी उनी पथरीमै रहेको पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । विनोद नास्ता पसल सञ्चालन गर्छन् । पसलमा सहयोग गर्दै उनी पढ्दै आएकी थिइन् । प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रञ्जनकुमार…
काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोस फेरि संसारकै धनाढ्य व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनी इलन मस्कलाई पछि पार्दै फेरि संसारकै धनी व्यक्ति बनेका हुन् । ब्लुमबर्गका अनुसार बेजोसको कूल नेटवर्थ हाल दुई सय अमेरिकी बिलियन डलर रहेको छ । इलन मस्कको कूल नेटवर्थ हाल १९८ बिलियन अमेरिकी डलर रहेको छ ।
सर्वोच्च अदालतमा डोनाल्ड ट्रम्पको जित, खुल्यो राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने बाटो
एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आसन्न राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने बाटो खोलिदिएको छ । कोलोराडोले ट्रम्पलाई रिपब्लिकन पार्टीको प्रारम्भिक निर्वाचनमा प्रतिस्पर्धा गर्न रोकेको थियो। त्यसको विरुद्ध ट्रम्प सर्वोच्च पुगेका थिए । सन् २०२१ मा क्यापिटल दंगामा ट्रम्पको प्रत्यक्ष संलग्नता रहेको भन्दै कोलोराडोसहित अन्य राज्यले उनलाई आसन्न निर्वाचनमा रोक्ने प्रयास गरिरहेका थिए । सर्वोच्चको फैसला पछि ट्रम्पलाई रोक्ने बाटो बन्द भएको छ । सर्वोच्चको फैसलासँगै अब राज्यहरुले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवारका लागि प्रतिस्पर्धा गर्न रोक्न पाउने छैनन् । कोलोराडोमा रिपब्लिकन उम्मेदवारका लागि आज मतदान हुने तय छ । कोलोराडोसहित १५ राज्यमा आज निर्वाचन हुँदैछ । त्यसलाई ‘सुपर ट्युजडे’को…
काठमाडौं । प्रहरीले आफ्नै होटलमा काम गर्न राखेको युवतीलाई बलात्कार गरेको आरोपमा गोरखाको बाह्रकिलोबाट १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ का होटल संचालक ४१ बर्षका ईश्वर बस्नेत भएको गोरखा प्रहरीले पुष्टी गरेको छ । बस्नेतले फागुन १५ गते बिहान ११ः३० बजेको समयमा आफ्नै होटलमा काम गर्ने युवतीलाई जबरजस्ती करणी गरेको भन्दै पिडित आफैले प्रहरीमा उजुरी दिएकी थिइन ।पीडित युवतीले फागुन १८ गते उजुरी दिएपछी सोही दिन पक्राउ परेका बस्नेतलाई आइतबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्वा दर्ता गरी जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । ह्वाट्सएपमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको तस्बिर राखेर पैसा असुल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर-६ का सविन मैनाली, वडा नम्बर-१० का शुभम मैनाली र सुनसरीको धरान -३ का आशिका बराइली रहेका छन् । उनीहरुले ह्वाट्सएपमा आईजीपी कुँवरको फोटो राखेका थिए । उनीहरुले सप्तरीको राजविराजका एक व्यक्तिलाई ९२३२५०१६९१३५ नम्बरको ह्वाट्सएप आईडीबाट फोन गरी सो समूहले ‘तिम्रो छोरा हाम्रो नियन्त्रणमा छ’ भन्दै रकम मागेका थिए । रकम नपठाए छोरालाई मारिदिने धम्की दिएपछि विभिन्न बैंकको फरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गराएका थिए । जम्मा गरिएको सो रकम धम्की दिने समूहले उठाएका थिए…