काठमाडौं । तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्याल भ्रष्टाचार आरोपमा आइतबार ५० हजार धरौटी बुझाएर छुटेका छन् । अदालत बाहिर निस्किने क्रममा उनले पत्रकारलाई कटाक्ष गरे ।
‘तपाईंहरुको इच्छा पूरा भएन, के फोटो खिच्नु हुन्छ ?’, उनले भने ।
अर्यालले अदालतले उनलाई थुनामा पठाउन सक्ने कुरा टरेको विषयलाई इंगित गर्न खोज्दै यस्तो कटाक्ष गरेका हुन् । उनी हँसिलो मुद्रामा देखिएका थिए ।
Facebook Comments Box