काठमाडौं । क्यानडा पठाइदिने प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–९ घर भइ हाल ललितपुरको चाङथली बस्ने वर्ष २३ को पुरुषोत्तम भण्डारी रहेका छन् । उनले सामाजिक सञ्जाल, इन्स्टाग्राम, एप्सको दुरुपयोग गरी ठगी गरेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खातामा पटक पटक गरि ८४ लाख १५ हजार ६२५ रुपैयाँ रकम पठाउन लगाई ठगी गरेको आरोप छ ।
भण्डारीलाई साउन ११ गते कोटेश्वरबाट पक्राउ गरिएको बताइएको छ । उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
Facebook Comments Box
