चितवन । चितवन प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ ।
नौ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने सजाय पाए पनि फरार रहेका सुकराम महतोलाई चितवन प्रहरीले मुद्दा फैसला भएको १४ वर्षपछि पक्राउ गर्न सफल भएको हो ।
तत्कालीन बघौडा गाविस- ६ र हाल माडी नगरपालिका–३ का खाबु भन्ने ६६ वर्षीय महतोलाई चितवन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय माडीको टोलीले शुक्रबार मध्याह्न पक्राउ गरेको हो ।
महतोलाई भरतपुर महानगरपालिका–२२ पहिटानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए ।
उनलाई २०६७ असार ३ गते चितवन जिल्ला अदालतले कैद र जरिवानाको सजाय सुनाएको थियो ।
Facebook Comments Box
