Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेटघाट गरेका छन् । सोमबार गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबिच सन् १९५६ देखि बलियो द्विपक्षीय सम्बन्ध रहेको बताएका थिए । स्विस राष्ट्रपतिसँग द्विपक्षीय भेटका लागि गत जेठ २९ मा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको स्वीट्जरल्याण्डको भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाएको उनको भनाइ थियो । भौगोलिक दूरी र फरक विकास स्तरका बावजुद दुवै देशले मित्रता, सहयोग र पारस्परिक सम्मानलाई कायम गरेको भन्दै नेपालको शान्ति प्रक्रियामा स्वीसले गरेको सहयोगको गृहमन्त्री लेखकले प्रशंसा गरेका थिए । ‘विकास र सहयोगका लागि स्विस एजेन्सीले नेपालको सामाजिक आर्थिक…
काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ । रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीबी राईदेखि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसम्म छन् । रेड नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले सम्बन्धित व्यक्तिको खोजी गर्नेछन् । फेला परे पक्राउ गरेर सम्बन्धित देशमा पठाउने प्रक्रिया अघि बढाउनेछन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४६ वटा रेड नोटिस जारी भएको छ भने १९ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ । डिफ्यूजन नोटिस जारी हुँदा इन्टरपोलका सदस्य…
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खु चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट राजपुर नगरपालिका–१ घर भएका १३ वर्षीय आदित्य गुप्ता छन् । बल्खु चोकमा आइतबार बिहान ना ६ ख २२०३ नम्बरको ट्रकले बागमती प्रदेश ०२ ०१६ प ७११४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते गुप्ताको बल्खुस्थित बयोधा अस्पतालमा उपचार गराइएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं । क्यानडा पठाइदिने प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–९ घर भइ हाल ललितपुरको चाङथली बस्ने वर्ष २३ को पुरुषोत्तम भण्डारी रहेका छन् । उनले सामाजिक सञ्जाल, इन्स्टाग्राम, एप्सको दुरुपयोग गरी ठगी गरेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खातामा पटक पटक गरि ८४ लाख १५ हजार ६२५ रुपैयाँ रकम पठाउन लगाई ठगी गरेको आरोप छ । भण्डारीलाई साउन ११ गते कोटेश्वरबाट पक्राउ गरिएको बताइएको छ । उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
धरौटी बुझाएर निस्किएपछि मुख्यसचिव अर्यालले भने- तपाईंहरुको इच्छा पूरा भएन के फोटो खिच्नु हुन्छ ?
काठमाडौं । तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्याल भ्रष्टाचार आरोपमा आइतबार ५० हजार धरौटी बुझाएर छुटेका छन् । अदालत बाहिर निस्किने क्रममा उनले पत्रकारलाई कटाक्ष गरे । ‘तपाईंहरुको इच्छा पूरा भएन, के फोटो खिच्नु हुन्छ ?’, उनले भने । अर्यालले अदालतले उनलाई थुनामा पठाउन सक्ने कुरा टरेको विषयलाई इंगित गर्न खोज्दै यस्तो कटाक्ष गरेका हुन् । उनी हँसिलो मुद्रामा देखिएका थिए ।
काठमाडौं । हाल नेपाल प्रहरीमा २ नायब महानिरीक्षक (डिआइजी) पद रिक्त छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उमेशराज जोशी र डिआइजी पोषराज पोखरेल उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि २ पद रिक्त भएको हो । एआइजी जोशीको ठाउँमा डिआइजी रामदत्त जोशी बढुवा सिफारिस भइसकेका छन् । सम्भवत उनले आगामी बुधबार एआइजीको फुली लगाउने प्रहरी मुख्यालयले जनाएको छ । डिआइजीको दुई पद रिक्त हुँदा ती दुई पदमा दर्जन प्रहरी अधिकारीहरु बढुवाका लागि दौडधुप गरिरहेका छन् । मुख्यतः प्रहरी महानिरीक्षकको ब्याचमेटदेखि २०५४ को टोलीसम्म डिआइजी प्रतिस्पर्धा रहेको बताइएको छ । डिआइजी बढुवाका लागि हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज विष्ट र…
काठमाडौ । दोलखाको कालिञ्चोक गाउँपालिका-६ की वृद्धा महिलाको हत्या पैसा लुट्ने मनसायले भएको पुष्टि भएको छ । स्थानीय एक युवकले पैसा लुट्ने मनसायले वृद्धा महिलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) शत्रुधन कुमार महतोले बताए । चार दिन अघि आफ्नै घरमा मृत फेला परेकी पाटागाउँकी ८० बर्षिया पदमकुमारी सुनुवारको हत्या अभियोगमा प्रहरीले कालिञ्चोक गाउँपालिका ४ का २३ वर्षिय बिक्रम कार्कीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इन्स्पेक्टर महतोले वृद्धा महिलाको घरमा राती बास मागेर बसेका कार्कीले पैसा लुट्ने मनशायका साथ टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए । हत्यापछि फरार…
काठमाडौ । पर्साको वीरगन्जबाट कैलालीको धनगढीतर्फ जादै गरेको सुपप्र ०१००१ ख २४४२ नम्बरको मालबाहक ट्रकमा शव भेटिएको छ । ट्रकमा ढुवानी गरेर ल्याइएको फलामको रड र प्लास्टिकको बोराहरु धनगढीको सेतोपुलस्थित रुपम एन्जल ट्रेड एण्ड सप्लायर्समा झार्ने क्रममा उक्त ट्रकभित्र अपरिचित व्यक्तिको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराका अनुसार उक्त ट्रकका चालक कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश राना हुन् । उनीहरु दुबै जनालाई नियन्त्रणमा लिइएको बोहोराले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र देखेको बयान प्रहरीलाई दिएका छन् ।…
चितवन । चितवन प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ । नौ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने सजाय पाए पनि फरार रहेका सुकराम महतोलाई चितवन प्रहरीले मुद्दा फैसला भएको १४ वर्षपछि पक्राउ गर्न सफल भएको हो । तत्कालीन बघौडा गाविस- ६ र हाल माडी नगरपालिका–३ का खाबु भन्ने ६६ वर्षीय महतोलाई चितवन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय माडीको टोलीले शुक्रबार मध्याह्न पक्राउ गरेको हो । महतोलाई भरतपुर महानगरपालिका–२२ पहिटानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए । उनलाई २०६७ असार ३ गते…
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, `पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।´ उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा…