काठमाडौं । सामाजिक अभियान्ता डाक्टर निकोलस भुसालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ‘शुभचिन्तक’ बताउने चिकित्सक भुसालविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।
सहकारी ठगी प्रकरणमा समातिएका रास्वपा सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फोटो सार्वजनिक गरेपछि चर्चामा आएका भुसालविरुद्ध जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
पक्राउ पुर्जी जारी भएसँगै भुसाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले खोजी गरेको छ । तर, भुसाल आफुले बोक्ने मोबाइल स्वीच अफ गरेर फरार छन् ।
गत बुधबार निकोलसले आफ्नो फेसबुकमार्फत रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए । जबकी प्रहरी हिरासतमा रहेका व्यक्तिको फोटो सार्वजनिक गर्नु कानुन विपरित हो ।
प्रहरी हिरासतमा रहेका रवि लामिछानेको फोटो बाहिर ल्याएर सरकारको बदनाम गराउने योजनावद्ध चालअन्तर्गत भुषाललाई परिचालन गरेका रास्वपा दिपक बोहरासमेत छानबिनको दायरामा तानिनसक्ने सम्भावना छ ।
