काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकाको कार्यालयमा विद्यार्थीहरूले आगो लगाएका छन् । विगत सात महिनादेखि तलब नपाउँदा शिक्षकहरूले कक्षाकोठामा जान छोडेको कारण पढाइ अस्तव्यस्त भएको थियो ।
त्यसकारण बिहीबार विद्यार्थीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थियो । घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आगजनी र तोडफोडको सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।
‘सीसीटीभीको लाइन बन्द गरिएको रहेछ,’ उनले भने, ‘कार्यालयबाट कुर्सी र टेबल रोडमा लगेर आगजनी गरिएको छ यसबारे थप अनुसन्धान हुँदैछ ।’
साउन यता बहुदरमाई नगरपालिका मातहत रहेका सामुदायिक विद्यालयले तलब पाएका छैनन् । गत कात्तिक ८ मा नगरसभा सम्पन्न भएपनि नगरप्रमुखले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिएकाले बजेट निकासा हुन पाएको छैन ।
