काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवक विवेक पंगेनीको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा बुधबार उनको निधन भएको हो ।
विवेकलाई ब्रेन क्यान्सर भएको थियो । चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् । श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो ।
निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो । बुधबार उनको निधन भएको सिर्जनाका पिता शिव सुवेदीले पुष्टि गरे । विवेकका पिता मिनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेको बुझिएको छ ।
श्रीमानकाे अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई नेपालबाट बाेलाएकी थिइन् । शव नेपाल ल्याउने वा नल्याउने टुंगो नलागिसकेकाे सुबेदीले बताए ।
विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा अमेरिका गएका थिए ।
