Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । प्रहरी महानिरीक्षक मातहत रहेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीले आफ्नो पद मात्र होइन, प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनभित्रै छानबिन सुरु भएको छ । सरकारले भविष्यमा प्रहरी अधिकारीको हैसियत गैरव्यावसायिक उद्देश्यका लागि दुरुपयोग हुन सक्ने सम्भावनालाई निरुत्साहित गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ज्ञवालीमाथि कारबाहीको तयारी थालेको हो । ज्ञवालीले अनुसन्धानमा बदनियत राखेको भन्दै प्रहरी प्रधान कार्यालयले एआइजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन सुरु गरेको विश्वस्त स्रोतले बतायो । सुन तस्करीको अनुसन्धानमा बदनियत राखेको आरोप लगाउँदै तत्कालीन गृहमन्त्री रवि लामिछानेले सीआईबीबाट एआईजी किरण बज्राचार्यलाई हटाएर चैत पहिलो साता एआईजी ज्ञवालीलाई पठाएका थिए । तर, ज्ञवाली सीआईबीमा गएपछि सुन तस्करीमा संलग्न कुनै पनि…
काठमाडौं । कास्कीको पोखरामा प्रहरीले नै मादक पदार्थ सेवन गरेर चलाएको गाडी दुर्घटनामा परेको छ । सोमबार बिहान सवा २ बजे पोखरा महानगरपालिका– ६ शान्तिपाटन चोकको चौबाटोमा वडा प्रहरी कार्यालय बैदामको ग.१झ ५५१ नम्बरको भ्यान दुर्घटनामा परेको हो । भ्यान प्रहरी जवान सन्तोष शर्माले चलाएका थिए । भ्यानमा शर्मासँगै सुरज धिमाली र अर्का दुई प्रहरी थिए । स्थानीयका अनुसार भ्यानमा रहेका चारैजनाले प्रहरी ड्रेस लगाएका भने थिएनन् । दुर्घटनामा कुने मानवीय क्षति नभए पनि चोकको चौतारो भने भत्किएको छ । मापसे गरेर सवारी दुर्घटना गराउनेलाई स्थानीयले कारबाही माग गरे पनि प्रहरीले भने घटना गुपचुप राख्न निकै प्रयत्न गरेको थियो ।…
काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका– ४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले सोमबार साँझ उनीहरूलाई काठमाडौंको चुनदेबीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, र काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन रहेका छन् । त्यस्तै काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाही पनि जुवाको…
प्रधानमन्त्रीले सचिवहरुलाई भने : सिग्नेचर गर्दा फसिन्न, काम गर्ने र नगर्ने छुट्याइन्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि कर्मचारी ‘सिग्नेचर’ (कुनै निर्णयमा हस्ताक्षर) गरेकै कारणले नफस्ने बताएका छन् । मंगलबार सिंहदबारमा नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिंदै ओलीले ढुक्कले अब काम गर्न आग्रह गरे । ‘कर्मचारीले राम्रो नियतले काम गर्दा परेका अप्ठेरामा सरकारले संरक्षण गर्छ’, उनले भने, ‘कसैले गलत नियतले काम गर्छ भने त्यसमा उत्तरदायी आफैं हुनुपर्छ । राम्रो काम गर्दा असुरक्षित फिल नगर्न आग्रह गर्छु ।’ सचिवहरुलाई काम गर्दा गन्तव्य के हो भन्ने निक्र्योल गर्न निर्देशन दिंदै प्रधानमन्त्री ओलीले कहाँ जाँदैछु भन्ने स्पष्ट भएर अघि बढ्न सुझाव दिए । ‘समृद्ध नेपाल सुखी नेपालका लागि काम हुनुपर्छ, जनताको जैविक, मानवीय, न्यायोचित…
काठमाडौं । देशभर थप नौ सयभन्दा बढी स्थानमा प्रहरी चौकी स्थापनाको माग आएको छ । अहिले देशभर गरी नेपाल प्रहरीका २६ सय ६० प्रहरी एकाइ छन् । प्रहरी प्रधान कार्यालयमा देशैभरबाट ९२१ नयाँ प्रहरी चौकी स्थापनाको माग भएको छ । पालिकाको सिफारिसअनुसार जिल्ला सुरक्षा समितिमार्फत प्रहरी प्रधान कार्यालयमा चौकी स्थापनाको माग आएको हो । अहिले प्रहरीको ७९ हजार ५ सय जनशक्तिको दरबन्दीअनुसार २६ सय ६० प्रहरी चौकी स्थापना भएका हुन् । माग भएका सबै ठाउँमा चौकी स्थापना गर्ने हो भने प्रहरीमा १६ हजार १८९ जनशक्ति थप गर्नुपर्नेछ । त्यसैगरी अहिले राखिएका अस्थायी प्रहरी कार्यालयकोसमेत स्तरोन्नतिको माग भइरहेको छ । स्तरोन्नतिका…
काठमाडौँ । सहकारी अपचलनसम्बन्धी विशेष संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिने भएको छ । सहकारीको बचत अपचलन, हिनामिना र ठगी प्रहरणमा संसदीय समितिले पूर्वगृहमन्त्री रविको बयान लिने भएको हो । स्रोतका अनुसार गोर्खा मिडिया नेटवर्कसँग मागिएका कागजात प्राप्त भइनसकेकोले उनलाई बोलाउन ढिलाइ भइरहेको हो । कागजात आउनासाथ लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी रहेको स्रोतले बतायो । गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई बोलाइन लागिएको बताइएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन र वर्तमान सञ्चालक समितिका मान्छेलाई बोलाउने छानबिन समितिको कार्यविधिमै उल्लेख छ । सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडिया…
सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले आज दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय छन् । दुवैजना माथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गर्ने तयारी थालेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एआइजीहरुको सरुवा गर्ने गरी तयारी थालिएको हो । गृहमन्त्रालय उच्च स्रोतका अनुसार नयाँ सरकारले सरुवा गर्ने तयारी गरेसँगै रोजेका ठाउँमा जानका लागि एआइजीहरु शक्तिकेन्द्र धाउन थालेका छन् । सरुवामा उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख पनि परिवर्तन हुने बताइएको छ । उच्च पदस्थ प्रहरी अफिसरको सरुवामा सत्तारुढ प्रमुख घटक दलहरु बीच भागवन्डा नै हुने गरेको छ । यो पटक पनि एआइजी सरुवामा भागवन्डा हुने पक्कापक्की जस्तै देखिएको छ । अहिले देशका प्रमुख ठूला दल…
धनगढी । कैलालीमा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिकाका १४ वर्षीय किशोर पक्राउ परेका हुन् । उनीहरु दुवै नातामा साली–भिनाजु पर्छन् । किशोरले जबरजस्तीकरणी गरेपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचारका क्रममा घटनाबारे प्रहरीलाई जानकारी भएको थियो । बालिकामाथि जबरजस्तीकरणी गरेको खुलेपछि आरोपित किशोरलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । किशोरलाई प्रहरी चौकी घरखेडाले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । अमेरिकामा एक नेपाली नागरिकको गोली हानी हत्या भएको छ । नेपाल रुकुमको बाँकेकोट–१० घर भएका दीपक वलीको लुटेराको समूहले आइतबार टेक्ससमा गोली हानेर हत्या गरेको हो । ३० वर्षीय वली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत थिए । लुटेराहरूले ग्याँस स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।