काठमाडौं । महोत्तरीको मनरा शिसवा नगरपालिका–४, साढामा डाँका समूहकोे आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान करिव ४ बजेको ७÷८ जनाको संख्यामा आएका डाँका समूहले आक्रमण गरी ७० वर्षीय सुशील झाको हत्या गरेका हुन् ।
लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डीएसपी सन्तुलाल जयसवारले पुष्टि गरे ।
डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको उनको भनाई छ । हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
