बारा । बाराको जितपुरमा कारभित्र एक पुरुषको शव भेटिएको छ ।
जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ जितपुरमा बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा शनिबार बिहान शव भेटिएको हो ।
मृतक टाउकोमा चोट लागेको अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतकको पहिचान खुलेको छैन् ।
अज्ञात समूहले गोली प्रहार गरेर ती पुरुषको हत्या गरेको आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।
Facebook Comments Box
